थाइल्याण्डका भिक्षु भिक्षाटानका लागि काठमाडौँमा

थाइल्याण्डको धम्मकाय फाउण्डेसनका श्रद्धेय भिक्षुहरु आइतबार काठमाडौँको चावहिल जयवागेश्वरी परिसरमा भिक्षाटानमा सहभागि भएका छन् ।

विहानैदेखि सुरु भएको भिक्षाटन जयवागेश्वरी मन्दिरबाट सुरु भई सिफल, कुटुबहिल, पिंगला विहार, लामपोखरी, चावहिल गणेशस्थान बजार, चावहिल चौक हुँदै चारुमती विहारमा पुगेर समापन भएको थियो ।

भिक्षाटानमा सहभागि भएका थाइल्याण्डका १० भिक्षुहरुलाई स्थानीय उपासक उपासिकाले भिक्षादान गरेको चारुमती बुद्धिष्ट मिसनका तर्फबाट भिक्षु तपस्सी धम्मले जानकारी दिए ।

भिक्षाटान पश्चात भिक्षुहरुले ऐतिहासिक चारुमती (धन्दो) स्तुप अवलोकन गरी चावहिल निवासी रामप्रसाद डंगोलको घरमा भोजनदान तथा परित्राण पाठ गरेका थिए ।

तस्विर सौजन्य : भिक्षु तपस्सी धम्म

Share

Related posts