वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना

लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा विभिन्न वज्रयान अन्तर्गत पूजा गरिने विभिन्न देवदेवीहरुको स्थापना गर्ने क्रममा हालै सहस्रभुज लोकेश्वरको मूर्ति स्थापना गरिएको छ ।

मूर्ति स्थापना गर्ने क्रममा ३ दिनको विशेष पूजा वज्रधातुमण्डल, प्रतिस्था पूजा र विसर्जन पूजा गरिएको थियो । यसमा पहिलो दिन कलश शोधन, दोस्रो दिन होम गरी मूर्ति प्रतिस्था गरिएको थियो । मूर्ति प्रतिस्था गर्दा दशकर्म पूजा गर्ने गरिन्छ । पूजा समाप्ति पछि गुरुजुले गणचक्र भनि चर्या नृत्य पनि देखाउने गरिन्छ ।

पूजाको अन्तिम दिन विर्सन पूजा गरेर पहिलो दिन स्थापना गरेको कलशबाट जलधारा बगाउने चलन रहेको छ । पूजाको अन्त्यमा गुरुजुले जजमान तथा उनका परिवारलाई टिका लगाइ दिएका थिए ।

दाता द्रव्यरत्न तुलाधर र उनको परिवारले उक्त मूर्ति विहारलाई दान गरेका थिए ।

Share

Related posts

Leave a Comment