रूसले बुद्धको विशाल बुद्ध मुर्ती बनाएको छ । सुनको यो बुद्धमुर्तीलाई युरोपकै सबैभन्दा अग्लो भनिएको छ । पश्चिम् रुसको काल्मिकिआ क्षेत्रमा बनेको बुद्ध मुर्ती साढे १२ मिटर अग्लो र ३० टन तौलको भएको रसीया टुडेले जनाएको छ । आइतबार २ हजार हाराहारी सहभागी एक समारोहमा “शाक्यमुनी बुद्धको स्वर्ण मुर्ती“ अनावरण गरिएको समाचारमा जनाइएको छ । करीब २ लाख ७५ हजार जनसंख्या भएको काल्मिकिआ क्षेत्र बौद्ध धर्मवालम्बी बाहुल्य क्षेत्र हो । इटहरीका पर्यटनकर्मी सुनिल भुसालले नेपाल भ्रमण बर्ष आउँदै गर्दा युरोपमा बुद्धको विशाल मुर्ती बन्नुले सकारात्मक सन्देस दिने बताए । उसले…
Read MoreAuthor: rinpoche
डोल्पाका गुम्बामा चोरीको त्रास
माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ। सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ। बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन्। यहाँका…
Read MorePadmasambhava, Lotus Born Guru
Padmasambhava, also known as Guru Rinpoche, Lotus born Guru, is very prominent historical figure worshiped as deity in Tibetan Buddhism. In the middle of the eighth century AD, the Tibetan king Thi-Sron Detsan sent to India inviting the learned guru Padmashambhava to come to Tibet. Padmasambhava was renowned for his knowledge of dharani [mystical sentences] and of their efficacious application, and was warmly welcomed. He remained fifty years in the country, founding monasteries, and teaching the Tantra-Yogacarya doctrine. He is said to have subdued all the malignant gods in Tibet,…
Read Moreदशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
हेलम्बु — दसैंमा हिन्दु धर्मावलम्बीले देवीदेवतालाई बलि दिने गर्छन् । मासुका लागि खसी, च्यांग्रा, भेडा नपाइने घरै हुँदैनभन्दा फरक पर्दैन । शक्तिपीठमा घटस्थापनाबाटै पशु बलि दिइन्छ । तर, हिमाली गाउँको पर्यटकीय क्षेत्र हेलम्बुको हयोल्मो समुदायले भने दसैंमा मारिने पशुआत्माको चिरशान्तिको कामना गर्दै ‘मानिबुम’ पूजाको सुरु गरेको छ । दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले बस्तीका गुम्बाहरूमा चारदिने पूजा गर्छन् । हेलम्बुमा बलि पूजा निषेध गरिएको मात्र होइन सामान्य अवस्थामा पनि पशुवध गर्न पनि दिइँदैन । हेलम्बु जाने पर्यटकका लागि होटलहरूमा पनि मासु पाक्दैन । पशुबलि हिंसा भएकाले उनीहरू पूजा र जप गरी दसैं…
Read Moreबौद्ध दर्शनको महत्व बुझेर अनुशरण गर्न लामा गुरुहरुको आग्रह
नेपाल बौद्ध संघको आयोजनामा आइतबार ललितपुरमा लामाहरुको भेला भएको छ । भेलामा संघमा आवद्ध सम्पुर्ण लामा सदस्यहरु सहभागि थिए । ललितपुरको बालकुमारी गुम्बामा भएको भेलामा धर्मदेशना तथा बौद्ध धर्म तथा संस्कारको पछिल्लो स्थितिको बारेमा छलफ गरिएको थियो । प्राचीनकालदेखि नै नेपालको मौलिक र प्रमुख धर्मको रुपमा रहँदै आएको बौद्ध धर्मले पछिल्लो समय जटिल परिस्थितिको सामना गरिरहेको विषयमा समेत भेलामा छलफल गरियो । अहिले विश्वका धेरै देशमा बौद्ध दर्शनको पालना र अनुशरण गर्नेहरुको संख्यामा बृद्धि भइरहदाँ नेपालमा भने बौद्ध दर्शनको मर्मलाई वेवास्ता गरिदै गएकोमा भेलामा सहभागि लामा गुरुहरुले चिन्ता व्यक्त गरेका…
Read Moreभार्दो (अन्तरभव) भाग-४ मृत्यु भार्दोको परिचय
मृत्यु भार्दोमा पृथ्वी तत्वले काम नगर्दा हुने भित्रि लक्षणहरु
Read Moreअखिल नेपाल भिक्षु महासंघको साधारण सभा सम्पन्न
अखिल नेपाल भिक्षु महासंघको २०७६ सालको साधरणसभा आनन्द कुटि बिहारमा सम्पन्न भयो । बिहान ९ बजे सुरु भएको साधारणसभा प्रमुख अतिथि नेपालका सातौ संघनायक डा. ज्ञानपुर्णिक महास्थवीरले बुद्ध प्रतिमामा दीप प्रज्वलन गरि बुद्ध पूजा तथा दशधम्म सुत्रपाठ गर्दै सुरु भएको थियो । संघनायकले संघका सदस्यहरुलाई धर्म बिनयको पालन गरि बुद्ध धर्मको प्रचार गर्न सके समय समयमा हुने यस्ता संघ भेला सुखदायी हुने बताए । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका महासचिव राहुल महास्थवीरले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष सुमेध महास्थवीरले स्वागत मन्तव्य, महासचिव…
Read Moreध्यान कसरी गर्ने?
निग्लिहवामा भाद्र पूर्णिमा उत्सव
लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमा अन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना पूर्णिमा उत्सव मनाइन्छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को महत्वपूर्ण कार्यक्रम मासिक पूर्णिमा उत्सव कार्यक्रम कनकमुनि बुद्धको जन्मस्थलको रूपमा परिचित कपिलवस्तु नगरपालिका–६ स्थित निग्लिहवामा भाद्र पूर्णिमा उत्सव कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग…
Read More