गुरु पद्ममसम्भव अथवा गुरु रिन्पोछे भनेको बुद्ध अमित्वको चित्तको निर्माण कार्य हो । बुद्ध अमित्ब भनेको हजारौं कल्प अगाडि यस जम्बुदिपमा आगमन भएको बुद्ध हो । र, बुद्ध अमित्बको दायाँबाट आर्य अवलोकेशवर र बायाँबाट आर्यतारा र चित्तबाट गुरु रिन्पोछे प्रकट हुने कुरा बुद्ध अमित्बको सुत्रहरुमा उल्लेखित भएको पाइन्छ ।
गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो ।
भगवान बुद्धले देशना गरेको एउटा एउटा सुत्र ग्रन्थमा यसरी उल्लेख भएको छ । भिक्षु आनन्दले भगवान बुद्धलाई प्रश्न राखेको एउटा विषय छ । आनन्दले तपाईंको अनुपस्थितिमा कसले अन्धकारमय यो संसारलाई उज्यालो बनाउँछ ? भनेर प्रश्न राख्दा भगवान बुद्धले भन्नु हुन्छ, म यहाँबाट अलग भए पनि उदियनको उत्तरपश्चिम दिशामा दानकोसको सागर दीपमा कमल केशरबाट एक सर्बतम पुरुष उत्पन्न हुने छन् ।