मौर्य सम्राटले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय प्राप्त गरी बौद्ध धर्म ग्रहण गरेको स्मरणमा मनाइदै आएको अशोक धम्म विजयादशमी दिवस भव्यरुपमा सम्पन्न भएको छ । भारतको सारनाथमा मंगलबार अशोक बौद्ध महासंघको आयोजनामा भएको कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर प्रमुख अतिथिरुपमा सहभागि भएका थिए । कार्यक्रममा सम्राट अशोक, चन्द्रगुप्त मौर्य सम्राट अशोक, महिन्द्रा, संघमिता, राजकुमारी चारुमती, बाबा साहेब लगायतका बौद्ध धर्मसँग जोडिएका महान व्यक्तित्वहरुको झाँकीको साथमा विशाल धम्मपद यात्रा निकालिएको थियो । प्रमुख अतिथि भिक्षु तपस्सी धम्मले कार्यक्रममा तथागत बुद्धको त्रिसरण, पञ्चशीलको देशना र धम्मदीक्षा दिएका थिए ।…
Read MoreCategory: समाचार
पशुपक्षीको आत्माको चीर शान्तिको कामना गर्दै सेतो गुम्बामा मणि जप सम्पन्न
दशैमा बलि दिइएका हजारौँ पशुपक्षीहरुको आत्माको चीर शान्तिको कामना गर्दै प्रत्येक वर्ष अवलोकितेश्वरको मन्त्र अर्थात् मणि जप पूजा गरिदै आएको छ । सिन्धुपाल्चोक शेर्पा समाजले यो पूजा वर्षेनी गर्दै आएको छ । पूजाको निरन्तरता यो वर्ष पनि दिइएको छ । यस वर्ष काठमाडौँको जोरपाटी सुन्दरटोलस्थित कर्मा डुप्छेन छोलिङ रोयल ह्वाइट (सेतो गुम्बा)का प्रमुख गुरु कर्मा तन्पाई ग्याल्छेन रिन्पोछेको नेत्तृत्वमा मणि जप तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरियो । पूजाको आयोजना यही सोमबार र मंगलबार आयोजना गरिएको थियो । पूजामा सयौँको संख्यामा बौद्धमार्गी सहभागि भएका थिए । मणि जपमा बलि दिइएका…
Read Moreरिम्पोचे ज्ञान बज्र हेटौडामा
बुधबार रिम्पोचे ज्ञान बज्रलाई हेटौडामा भव्य स्वागत गरिएको छ । बज्रकिलाय पूजाका लागि हेटौडास्थित जिग्तेन शिवा छोइलिंग गुम्बा पुग्नु भएका रिम्पोचेल ज्ञान बज्रलाई भिक्षुभिक्षुणी तथा अनुयायीले स्वागत गरेका हुन् । पूजा ३ दिनसम्म जारी रहनेछ । विश्व शान्तिको कामना तथा सम्पुर्ण प्राणीजगतको सुखशान्तिको कामना उक्त पूजामा गरिनेछ ।
Read Moreबौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति
काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तुप क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो । बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी, बौद्ध मेलम्ची घ्याङ गुठीबीचको विवाद अन्त्यका लागि सहजीकरण र संस्थाको विवाद अध्ययन गरी दिगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ…
Read Moreउदय विहारमा सुरु भयो १० दिने दुर्लभ प्रवज्या
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु भएको छ । दुर्लभ प्रवज्याका सहभागि हिजो मंगलबार नै विहारमा उपस्थित भएका थिए । दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायत गरिने विहारमा प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । २६ गते पूर्णिमाको तिथिमा ३ महिने वर्षावास समापनसँगै दुर्लभ प्रवज्या सम्पन्न हुनेछ ।
Read Moreबौद्धनाथ स्तुपमा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप
बौद्धनाथ स्तुपमा चिनियाँ लामा भूपति पक्षधर र बौद्ध घ्याङ गुठीबीच शनिबार झडप भयो । बौद्धनाथ स्तुपभित्र आयोजना गरिएको क्षमापूजा तथा दीप प्रज्ज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पूजा आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको थियो । झडप बढ्दै गएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । पूजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीको कडा सुरक्षामा लामा गुरुहरुले पूजा गराएका थिए ।
Read Moreयुवक बौद्ध मण्डल ५० वर्षमा, विभिन्न कार्यक्रम गरी मनाइने
युवक बौद्ध मण्डल नेपालको स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा वर्ष भरि नै विविध कार्यक्रम गरी मनाइने भएको छ । स्वर्ण महोत्सव मनाउने कार्यक्रमको शुभाराम्भ शनिबार थेरवाद, बज्रयान र महायान सम्प्रदायका भिक्षुहरुबाट मैत्री तथा मंगल पाठ लगायत गरिएको थियो । कार्यक्रममको अन्त्यमा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । स्वयम्भू ज्ञानाला भजन संघ, हिरण्यवर्ण महााविहार तारेमान संघ, सुनागुथि ज्ञानमाला भजन संघ, ज्ञानोदय ज्ञानमाला भजन खल रत्नाकार महाविहार हबाहा समूहले भजन प्रस्तुत गरेका थिए ।
Read Moreरामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न माग
भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आवश्यक विकासका पूर्वाधार अभावमा ओझेलमा परेकाले नेपाल सरकारले पहिलो प्राथमिकता दिएर विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्नेमा जोड दिइएको हो । विश्व सम्पदामा सूचीकृत भएपछि यहाँको विकासले फड्को मार्ने विश्वास उनीहरुको छ । विश्व पर्यटन दिवसका अवसरमा पश्चिम नवलपरासीको रामग्राम स्तूपमा नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले आज आयोजना गरेको ‘रामग्राम स्तूपको विकास र पर्यटन…
Read Moreबौद्धमा मणि जप र प्राणीधान मोन्लाम हुने
काठमाडौँको बौद्ध स्तूप परिसरमा मणि जप र प्राणीधान मोन्लाम पूजा आयोजना गरिने भएको छ । दोल्पो ञिन ओग्र्यन छवेईङ येशे रिन्पोचेको नेत्तृत्वमा हुने पूजा असोज २१ देखि २३ गतेसम्म जारी रहने छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने पूजामा बौद्ध दर्शन सम्बन्धी प्रवचन तथा सम्पुर्ण जगतका प्राणीको हित र शान्तिको कामना गरिने आयोजक बौद्ध दर्शन विस्तार सेवा समाजले जनाएको छ । कार्यक्रममा दिउँसो ३ बजेदेखि छेवाङ अर्थात आयु अभिषेक गरिनेछ ।
Read Moreअसोज १५ गतेदेखि उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या आयोजना गरिने भएको छ । दुर्लभ प्रवज्यामा सहभागि हुने चाहनेले असोज १४ भित्र विहारमा उपस्थित भई सक्नु पर्ने विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । उक्त दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्राको कार्यक्रम रहेको छ । २६ गते पूर्णिमाको तिथिमा ३ महिने वर्षावास समापनसँगै दुर्लभ प्रवज्या सम्पन्न हुनेछ ।
Read More



