बुधबार रिम्पोचे ज्ञान बज्रलाई हेटौडामा भव्य स्वागत गरिएको छ । बज्रकिलाय पूजाका लागि हेटौडास्थित जिग्तेन शिवा छोइलिंग गुम्बा पुग्नु भएका रिम्पोचेल ज्ञान बज्रलाई भिक्षुभिक्षुणी तथा अनुयायीले स्वागत गरेका हुन् ।

पूजा ३ दिनसम्म जारी रहनेछ । विश्व शान्तिको कामना तथा सम्पुर्ण प्राणीजगतको सुखशान्तिको कामना उक्त पूजामा गरिनेछ ।




