रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु भएको छ । दुर्लभ प्रवज्याका सहभागि हिजो मंगलबार नै विहारमा उपस्थित भएका थिए ।
दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायत गरिने विहारमा प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । २६ गते पूर्णिमाको तिथिमा ३ महिने वर्षावास समापनसँगै दुर्लभ प्रवज्या सम्पन्न हुनेछ ।
Share