मौर्य सम्राटले आफ्नो सम्पुर्ण क्लेशमाथि विजय प्राप्त गरी बौद्ध धर्म ग्रहण गरेको स्मरणमा मनाइदै आएको अशोक धम्म विजयादशमी दिवस भव्यरुपमा सम्पन्न भएको छ । भारतको सारनाथमा मंगलबार अशोक बौद्ध महासंघको आयोजनामा भएको कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर प्रमुख अतिथिरुपमा सहभागि भएका थिए ।

कार्यक्रममा सम्राट अशोक, चन्द्रगुप्त मौर्य सम्राट अशोक, महिन्द्रा, संघमिता, राजकुमारी चारुमती, बाबा साहेब लगायतका बौद्ध धर्मसँग जोडिएका महान व्यक्तित्वहरुको झाँकीको साथमा विशाल धम्मपद यात्रा निकालिएको थियो ।

प्रमुख अतिथि भिक्षु तपस्सी धम्मले कार्यक्रममा तथागत बुद्धको त्रिसरण, पञ्चशीलको देशना र धम्मदीक्षा दिएका थिए । कार्यक्रममा भिक्षु तपस्सी धम्मले बौद्ध धर्मको प्रचारप्रसार र विस्तारमा सम्राट अशोकले महत्वपुर्ण योगदान दिएका बताए ।
कार्यक्रममा श्रीलंका, भारत लगायतका देशहरुबाट भिक्षुभिक्षुणी, बौद्ध विद्वान तथा उपासक उपासिकाहरु सहभागि थिए ।



