श्याल्पा तेन्जिन रिम्पोछेको जन्मोत्सवमा प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन

सोमबार काठमाडौँको कपनमा श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लेखिएको पुस्तक प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन सार्वजनिक गरिएको छ । रिन्पोछेको जन्मोत्सव तथा ग्लाल्पो ल्होसारको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन गत वर्ष फागुनमा अंग्रेजीमा प्रकाशित लिभिंग फुल्लीः फाइण्डिंग जोय इन एभ्री ब्रेथको नेपाली अनुवाद हो । करिब ४ दशकदेखि बौद्ध ज्ञान र दर्शनमा अभ्यस्त रहँदै आएका रिम्पोछेले आफ्नो ज्ञान तथा अनुभवलाई उक्त पुस्तकमा उतारेका छन् । कपन गुम्बामा आयोजित पुस्तक सार्वजनिक तथा रिम्पोछेको जन्मोत्सव कार्यक्रममा लामा, शुभेच्छुक, अनुयायी तथा सञ्चारकर्मी लगायत उपस्थित थिए । रिन्पोछेले…

Read More

बौद्ध धर्मका कृति वेभसाइटमा

नेपालको स्थविरवाद बुद्धधर्ममा अहिलेसम्म प्रकाशित कृतिहरु अब वेबसाईटबाटै पढ्ने व्यवस्था मिलाइएको छ । भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेपछि वेभसाइटबाटै स्थविरवाद बुद्धधर्मको कृति पढ्न पाइने भएको हो । स्थविरवाद बुद्धधर्मको पुनःजागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु पढ्न नया“ पुस्ताका लागि सहज बनेको संयोजक भिक्षुले बताए । गत शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहका बीच सो वेभसाईटको शुभारम्भ गरिएको थियो । सो अवसरमा सम्बद्ध वक्ताहरुले इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै स्थानबाट बसेर बुद्ध धर्म सम्बन्धी किताब पढ्न सकिने अवस्थाले बुद्ध धर्मको विकासमा महत्वपूर्ण टेवा पुर्याउने…

Read More

बौद्ध शिक्षाको अध्ययन गर्ने विद्यार्थीलाई नेपाल बौद्ध संघको छात्रवृत्ति

नेपाल बौद्ध संघले बौद्ध शिक्षाको अध्ययन गरिरहेका पाटन बहुमुखी क्याम्पसका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आइतबार ललितपुरमा आयोजित छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक सर्वेन्द्र ठाकुरले बुद्ध शिक्षाको प्रवद्र्धनका लागी छात्रवृत्ति प्रदान गर्न पाउँदा संघले नै गौरव महशुष गरेको बताए । कर्यक्रममा बोल्दै उनले आगामी वर्षहरुमा पनि क्रमैसँग १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्घोष गरे । छात्रवृत्ति पाटन क्याम्पसमा मात्रै सिमित नहुने पनि संघका कार्यकारी निर्देशक ठाकुरले बताए । आगामी वर्ष अन्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने योजना संघको रहेको ठाकुरको भनाई छ…

Read More

लुम्बिनीमा बौद्ध सम्मेलन गर्ने भएपछि पर्यटनको विकास हुने सम्भावना

सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ । “बौद्ध सम्मेलनले अन्तर्रा्ष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ”– लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताएका छन् । सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्दै…

Read More

गौरीशंकरको मार्बुमा दीर्घायू अभिषेक (वाङ) हुने

गौरीशंकर गाउँपालिका वडा नं. ७ स्थित मार्बु गाउँमा दीर्घायू अभिषेक (वाङ) तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । च्याग फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा गरिन लागिएको उक्त दीर्घायू अभिषेक फागुन १४ गते हुँदैछ । अभिषेकका तथा प्रवचनका लागि सिक्किमबाट टुल्कु छिरिङ दोर्जे रिन्पोछे उपस्थित हुने गौरीशंकर गाउँपालिका वडा नं. ७ का अध्यक्ष आङ दोर्जे शेर्पाले बताए । कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष तथा धर्मगुरु आचार्य नुर्बु शेर्पा खेन्पो पेम छिरी शेर्पा पनि सहभागि हुने अध्यक्ष शेर्पाले जानकारी दिए । वाङ कार्यक्रममा विहान ८ देखि १२ बजेसम्म…

Read More

कोरोना भाइरसबाट मृत्यु भएकाको स्मृतिमा हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो । दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए । नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको…

Read More

झापाको काकडभिट्टामा वज्रगुरु जप सुरु

बौद्ध धर्मको प्रवद्र्धन तथा विश्व शान्ति एवम् देशमा दिगो शान्तिको कामना गर्दै झापाको काकडभिट्टामा वज्रगुरु जप (सिद्धि दुङ्ड्रुब पूजा) आयोजना भइरहेको छ । हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्वारा आयोजना भइरहेको पूजा फागुन १ गतेदेखि सुरु भएको हो । परम पुजनीय धर्मगुरु खेन्छेन नम्ड्रोल छिरिङ रिन्पोछे ज्यूको नेत्तृत्वमा भइरहेको वज्रगुरु जप फागुन ६ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।   तस्विरः हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको फेसबुक पेजबाट          

Read More

विश्व शान्तिको कामना गर्दै हिडेका थाई भिक्षुलाई चारुमतीमा स्वागत

विश्व शान्तिको कामना गर्दै बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका थाइल्याण्डका ४५ भिक्षुलाई चावहिलस्थित चारुमती विहारमा स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिइएको छ । लुम्बिनीतर्फ हिडेका थाइल्याण्डका भिक्षुहरुलाई चारुमती बुद्ध विहारका प्रमुख तपस्सी धम्मले स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिएका थिए । भिक्षुहरुको समूहले स्वयम्भूदेखि लुम्बिनीसम्मको ३ सय ३० किलोमीटर दूरी पैदल यात्राबाटै पार गर्नेछन् । भिक्षुहरुले यो दूरी २८ दिनभित्र सकाउने छन् । स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि ३५ किलोमीटर पैदल यात्रा गर्ने योजना बनाएका छन् । भिक्षुहरुको पैदल यात्रा फागुन…

Read More

विश्व शान्तिको कामना गर्दै स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा भिक्षुहरु

विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले बिहिबारदेखि अन्तराष्ट्रिय शान्ति पैदल यात्रा सुरु गरेका छन् । बिहान काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी महाविहारबाट भिक्षुहरु पैदल यात्रामा निस्किएका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म आयोजना भएको पैदल यात्रामा करिब ६० जना भिक्षुहरु सहभागि छन् । अधिकांश बौद्ध भिक्षुहरु थाइल्यान्डका धुताङ्गधारी भिक्षु छन् । उनीहरुले दैनिक २५ देखि ३५ किलोमिटर हिँड्ने लक्ष्य लिएको बताए । पैदल यात्रासँगै भिक्षुहरुले शान्ति दीप पनि सँगै लगेका छन् । रातिको समयमा बास बस्ने स्थानमा भिक्षुहरुले शान्ति दीप प्रज्जवलन गर्नेछन् । भिक्षुहरुको पैदल…

Read More

भूकम्पले भत्काएको ‘हाम्रो गुम्बा कहिले बन्छ ?’

काभ्रेको टनचोकका रामबहादुर तामाङले गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । सधैँ बिहान र बेलुका लामाको बाजागाजासहित मोलमपाठ गरेर पूजा गर्ने उनी हिजोआज पहिलाको गुम्बाको भवन नजिकै बनाएको टहराभित्र गर्दै पूजा आएका छन् । “भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई तीव्रता नदिँदा भूकम्पले क्षतिग्रस्त बनाएको गुम्बा पुनःनिर्माण हुन सकेको छैन । “आफैँले बनाउन पैसा छैन, बनाएन भने पूजापाठ गर्ने ठाउँ नै छैन”, गुम्बाका प्रमुख लामा रामबहादुरले भने, “के गर्ने भन्नेमा कुनै सोच बनाउन सकेको छैन ।” बनेपा नगरपालिका–३ टनचोकमा रहेको पेमा…

Read More