बिआइएमा आश्रित करिब ५० जनालाई बुद्धवचनको खाद्यान्न सहयोग

भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति, नेपालले कोरोना भाइरसका कारण गरिएको लकडाउनले मारमा पर्दै आएका श्रमिक, मजदुर लगायतका विपन्न परिवारलाई सहयोगको अभियान समेत चलाएको छ । यसैक्रममा समितिले बिहिबार काठमाडौँको नारायणटारमा रहेको बोधिसत्व इन एक्सन (बि.आइ.ए.)मा आश्रित शारिरिक अशक्तता भएकाहरुलाई सहयोग गरेको छ । सहयोग प्रदान गर्दै समितिका संयोजक टीका शेर्पाले विपतको घडीमा सामाजिक दायित्व अन्तर्गत सहयोग गरिएको बताए । संयोजक शेर्पा सहित तामाङ भाषाको चलचित्रकी अभिनेत्री शुकमाया तामाङ लगायतको समूह बि.आइ.ए.को कार्यालय राहत सामाग्री सहित पुगेको थियो । समितिले करिब ५० जनाको…

Read More

लकडाउनले समस्यामा परेका ७० जनालाई बुद्धवचन अनुवाद समितिको सहयोग

काठमाडौं । बुद्द वचन अनुबाद समिति नेपालले लकडाउनको समयमा समस्यामा परेका गोकर्णेश्वर ८ मा बसोबास गर्दै आएका श्रमजीवी, मजदुर, दैनिक ज्यालादारी गर्ने कामदारहरुका लागि राहत सामाग्री बितरण गरेको छ । करिब ७० जना पिडितहरुलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक राहत सामग्री बितरण गरिएको कार्यक्रम समितिका संयोजक टीका शेर्पाले बताए । परिवारको संख्या हेरेर चामल १० किलोग्रामसम्म प्रदान गरिएको छ ।   सरकारले राहत सामाग्री वितरण गर्न ढिलाई गरेको गुनासो गर्दै शेर्पाले भने ‘सल्लाह गर्दागर्दै सात गाउँ डुब्ने भन्ने उखान पो याद आयो ।’ सरकारले राहत वितरण गर्न तदारुकता नदेखाएपछि…

Read More

लक-डाउनमा यसरी वित्दैछ लामा भिक्षुहरुको दैनिकी

कोरोना भाइरसको महामारीको कारण अहिले सम्पुर्ण विश्व नै त्रसित बनेको छ । महामारीको प्रकोप तीव्र गतिमा विश्वभर फैलन थालेपछि नेपाल सरकारले ४ दिन अघि देशैभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषण गरेसँगै कोरोना भाइरसको महामारी फैलन नदिन सबै आ्आफ्नै घरमा बसिरहेका छन् । देशका अन्य क्षेत्रजस्तै धार्मिक मठमन्दिर, गुम्बा तथा विहारहरु पनि यतिबेला बन्द गरिएका छन् । गुम्बा, स्तुप तथा विहारहरु बन्द गरिएका कारण लामा तथा भिक्षुहरु पनि आआफ्नै स्थानमा रहेर लकडाउनको पालना गरिरहेका छन् । काठमाडौँको चावहिलस्थित चारुमती स्तुपका प्रमुख तपस्सी धम्मले लकडाउनको समयमा पूस्तकहरु पढेर दिन बिताइरहेको…

Read More

कोरोना कहरः सामूहिक पूजापाठ नगर्न भिक्षु महासंघको अपिल

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । कोरोना भाइरस विश्वव्यापी समस्या बनिरहेको भन्दै बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह गर्दै भिक्षु महासंघले यस्तो आग्रह गरेको हो । महासंघले सरकारले कोरोना सर्तकताका लागि दिएको निर्देशन पालन गर्न आम बौद्धमार्गीसहित सबै नेपालीलाई आग्रह समेत गरेको छ । ‘सरकारको पूर्वतयारीलाई सबैले साथ समेत महासंघले अपिल गरेको छ । महासंघले प्रतिकुल परिस्थितिमा उच्च सतर्कता आवश्यक रहुन्जेल सम्बद्ध विहार, दैनिक ध्यानसभा, बुद्धपुजा, परित्राणपाठ वा नित्यपूजा बाहेक भीडभाड हुने कुनैपनि पूजा आयोजना नगर्न अपिल गरेको हो ।

Read More

बुद्धजयन्ती तथा तेस्रो बौद्ध सम्मेलन मनाउन विभिन्न समिति

दुई हजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तराष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको छ । लुम्बिनी विकास कोषको कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, प्रदेश समन्वय उपसमिति संयोजकमा प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं ५, वृक्षरोपण तथा सरसफाइ उपसमितिका संयोजकमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी चयन भए…

Read More

फर्पिङमा चैत २५ देखि हुने वाङ स्थगित

परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट आयोजना हुने कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) स्थगित गरिएको छ । पछिल्लो समय देखिएको कोरोना भाइरसको संक्रमणका कारण धेरै मानिसको जमघट हुने किशिमका कार्यक्रम तथा सभाहरु गर्न जोखिम देखिएपछि वाङ स्थगित गरिएको छ ।

Read More

चैत २५ देखि १५ दिनसम्म फर्पिङमा वाङ (अभिषेक) हुने

परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) आयोजना हुने भएको छ । आगामी चैत २५ देखि वैशान ९ गतेसम्म फर्पिङस्थित वायुल याङ्लेस्योय वाल स्हावसाङ मिग्यूर देछेनलिङमा उक्त वाङ हुन लागेको हो । वाङमा भाग लिन चाहने लामा, टुल्कु, खेन्पो, लोपोन र भक्तजनले फागुन २१ भित्र आफ्नो नाम र ठेगाना सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । वाङमा भाग लिन चाहनेले यसमा सम्पर्क गर्न सकिने छ । रिग्जिन कोदाङ गुम्बा फर्पिङ, काठमाडौँ सम्पर्क नंः ९८८५११८०८७ ९८८०८७८२७७

Read More

पाँच वर्षपछि मात्रै देख्न पाइने दिपंकर बुद्ध सम्यक महादान सम्पन्न

प्रत्येक पाँच वर्षको फरकमा ललितपुरमा हुने दिपंकर बुद्ध सम्यक महादान बिहिबार सम्पन्न भएको छ । पाँच-पाँच वर्षमा एक पटक गरिने सयौं बुद्ध र दिपंकर बोधिसत्वका प्रतिमाहरु सहभागि गराइदै मनाइने सम्यक महादान हिजो बुधबारदेखि सुरु भएको थियो । सम्यक महादान हेर्न हजारौ सर्वसाधारण भेला भएका थिए । यस वर्ष पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ सय २६ बुद्धहरु एकै ठाउँमा भेला गरिएको थियो । नेवार-बौद्ध परम्पराअनुसार यस पर्वमा शाक्य तथा बज्राचार्य भिक्षुहरूलाई दान दिने गरिन्छ । त्यस्तै दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा, आर्यतारालगायतलाई पनि दान दिइन्छ । धर्मवालम्बीहरूले दानमा सहभागिता जनाउनुलाई नै…

Read More

विश्वकै सबैभन्दा धेरै बुद्ध मूर्ति प्रदर्शनी हुने सम्यक महादान सुरु

सात सय वर्षदेखि सुरु हुँदै आएको काठमाडौँ उपत्यकाका बौद्धमार्गीहरुको महान उत्सव सम्यक पर्व सुरु भएको छ । फागुन १४ गते बुधबारदेखि सुरु भएको सम्यक पर्व प्रत्येक ५ वर्षमा आयोजना हुँदै आएको छ । सम्यक पर्वमा नेवार बौद्ध परम्परा अनुसार शाक्य तथा वज्राचार्य भिक्षु एवम् काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभार लगायत स्थानबाट बुद्ध, दीपंकर बोधिसत्व, अवलोकितेश्वर, बसुन्धरा देवी, आर्य तारा लगायतका देवीदेवताका प्रतिमा ललितपुरको नागवहालमा ल्याएर पूजाआजा एवम् दान दिने परम्परा रहि आएको । यो पर्वमा सयौँको संख्यामा बुद्ध प्रतिमाहरु एकैस्थानमा ल्याई पूजाआजा गर्ने प्रचलन छ । सम्यकको पहिलो दिन बुधबार बेलुकी…

Read More

बुद्धजयन्ती विशेषः नेपाल बुद्धिष्ट न्यूजको आयोजनामा राष्ट्रिय निवन्ध प्रतियोगिता आयोजना हुँदै

बौद्ध धर्म र दर्शन सम्बन्धी विविध गतिविधिलाई समाचार तथा बौद्ध दर्शनको अनलाईनमार्फत शिक्षा प्रवाह गर्ने उद्देश्यले सञ्चालित नेपाल बुद्धिष्ट न्यूजले निवन्ध प्रतियोगिता गर्ने भएको छ । आउँदै गरेको २५६४ औँ बुद्ध जयन्तीको अवसर पारेर गर्न लागिएको प्रतियोगिताको शीर्षक बौद्ध धर्ममा करुणाको स्थान रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि यसै शीर्षकको भाव अनुसारको निवन्ध लेखेर पठाउनु पर्नेछ । निवन्ध प्रतियोगितामा भाग लिनका लागि वैशाख १० गतेभित्र आफुले लेखेको निवन्ध नेपाल बुद्धिष्ट न्यूजको इमेलमा पठाउनु पर्नेछ । प्रतियोगिता सम्बन्धी थप जानकारी निवन्धको शीर्षकः बौद्ध धर्ममा करुणाको स्थान निवन्ध पठाउने अन्तिम मितिः…

Read More