‘वी ह्याभ अ ड्रिम’का लागि विश्वका २०१ युवामा छानिए नेपाली लामा वाङचुक

किमोलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामा वर्ल्ड ड्रिम प्रोजेक्टले विश्वभरका युवाहरुको सपना समेटेर प्रकाशन गरिने पुस्तक वी ह्याभ अ ड्रिममा छनौट भएका छन् । विश्वभरका २ सय १ देशका २ सय १ युवाका सपना समेटिने क्रममा नेपालमा लामा छनौट भएका हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा आफुले गर्न चाहेको कामको विवरणलाई उक्त पूस्तकमा समेटिएको छ । उनले आफ्नो स्वस्थ र सुखी नेपालको परिकल्पना प्रस्तुत गरेका छन् । लामाको वर्ल्ड ड्रिम प्रोजेक्टसँगको सम्बन्ध २०१४ मा आयरल्याण्डमा भएको वन योङ कन्फ्रेन्समा युवा सद्भावना दुतको रुपमा जाने क्रममा भएको हो । कन्फ्रेन्समा…

Read More

हिरण्यवर्ण महाविहार पूनर्निर्माणमा किन विवाद भयो ?

‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ । झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो । महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ । ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत…

Read More

लुम्बिनी विकास गुरूयोजनाः ४४ वर्षअघि काम सुरु, ८० प्रतिशतमै ठप्प

निश्चित समयमा काम सक्ने भनेर सुरू भएका विकास आयोजनाले समय समयमा आफ्ना प्रगति विवरण सार्वजनिक गर्छन्। काम रोकिएको छैन भने केही न केही प्रतिशत प्रगति थपिएकै हुन्छ। लुम्बिनी विकास गुरूयोजनाको निर्माण प्रगति भने सात वर्षपछि एउटै प्रतिशतमा अड्किएको छ। लुम्बिनी विकास कोषले सात वर्षदेखि वर्षेनी यो गुरूयोजनाको प्रगति विवरण सार्वजनिक गर्दा ८० प्रतिशत सम्पन्न भइसकेको विवरण दिन्छ। २०७१ साल बुद्ध जयन्तीको अवसरमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्याङ्बोले लुम्बिनी विकास गुरूयोजनाको काम ८० प्रतिशत पूरा भएको प्रतिवेदन सार्वजनिक गरेका थिए। कार्यक्रममै १५ वर्षमा पूरा गर्ने गरी…

Read More

बौद्ध चैत्य र स्तुप परिक्रमा गर्दै मनाइने गुँला पर्व सुरु

एक महिनासम्म नुन र तामसी भोजन परित्याग गरेर बौद्ध स्तुप र चैत्य परिक्रमा गरी मनाइने गुँलापर्व सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलका अनुसार सो पर्व सुरु भए पनि स्वयम्भूमा बाजागाजासहित संस्थागत रूपमा आउन प्रतिबन्ध गरिएको छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले तोेकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र स्वयम्भू परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मापदण्ड पालना गर्ने अनुशासित भक्तजनलाई स्वयम्भू महाचैत्य परिक्रमाका लागि प्रवेश अनुमति दिइएको बताइएको छ । काठमाडौँ उपत्यकामा रहेका चैत्य बहाः बहीमा पनि स्थानीयले भीडभाड हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको ओमबहालस्थित…

Read More

बागलुङमा ५ महिनामै पूनःनिर्माण भयो गुम्बा

पुनःनिर्माण थालेको बौद्व गुम्बा पाँच महिनामै सम्पन्न गरिएको छ । भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण प्रारम्भ गरेको पाँच महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न शुरु गरेको थियो । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हो । विसं २०६२ मा स्थापना गरिएको उक्त गुम्बा २०७० मा विधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ को भूकम्पले क्षति पुर्याएको…

Read More

श्रीलंकामा मारिएका ३१ बौद्ध भिक्षुसम्बन्धी मुद्दामा छानविन सुरु

श्रीलंकाको उच्च न्यायालयले सन् १९८७ मा लिबरेशन टाइगर्स अफ तमिल (लिट्टे) द्वारा हत्या गरिएका बौद्ध भिक्षुहरुको विषयमा जाँच सुरु गरेको छ । लिट्टेद्वारा त्यतिबेला बसमा हमला गर्दा ३१ जनाको हत्या भएको थियो । मंगलवार देखि सुरु भएको जाँच प्रक्रियामा श्रीलंकाका महान्यायाधिवक्ताका अधिवक्ताले न्यायालयमा दिएको जानकारी अनुसार उक्त घटनामा बाँचेका भिक्षु अनदौलपोथा बुद्धसाराले घटनाको बारेमा जाँचबुझ गर्न माग गरेका हुन् । अल्पसंख्यक तमिल पृथकतावादीलले पूर्वी र उत्तरी प्रान्तमा छुट्टै देशको माग गर्दै पूर्वी अम्परा जिल्लाको अर्नाथलावामा २ जुन, १९८७ मा आक्रमण गरेका थिए । बसमा ३३ भिक्षु र ३ सर्वसाधारण सवार…

Read More

बौद्ध स्तुपा पार्क नमोबुद्धको आकर्षण बन्दै

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्कले यस क्षेत्रकै आकर्षण बढाएको छ। सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रवर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।पार्कमा बनाइएका वज्रपाणी बुद्ध, गुरु रिन्पोछेका आकर्षक मूर्तिहरुले यहाँ पुग्ने जोकोहीको मन जित्ने गरेको छ ।

Read More

काठमाडौँ उपत्यकाकै महत्वपुर्ण बौद्ध सम्पदा हिरण्यवर्ण महाविर पूनःनिर्माण कार्य सुरु

हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु गरिएको छ। पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमापूजा गरेका छन्। उक्त महाविहार भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको हो। क्षमापूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा नेपाल सरकारका अधिकारीहरू सहभागी भएका थिए। उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको हो। सुनौलो मन्दिरको रूपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ। यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो। भूकम्पले क्षति पुर्‍याएका नेपालका २८…

Read More

स्वस्थ रहन फोटोपत्रकारलाई बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्छेन रिन्पोछेको टिप्स

आज गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्दै बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटलमा फोटोपत्रकारहरुलाई १ घण्टाको योग अभ्यास गराउनु भएको छ । लामो समयदेखि रिन्पोछेले योग र शारीरिक व्यायामका माध्यमबाट विभिन्न रोन निर्मुल गर्ने किशिमका उपचार पद्धति सिकाउँदै आउनु भएको छ । व्यस्त दैनिकीमा रहने फोटो पत्रकारहरुलाई अझ बढि योग र व्यायामको आवाश्यकता पर्ने उहाँको भनाई छ । फोटो पत्रकाहरुको समूहले पनि योग र व्यायामको माध्यमबाट स्वस्थ रहने विधि सिकाएको रिन्पोछेलाई धन्यवाद ज्ञापन गरेको छ ।

Read More

लुम्बिनीमा ९ विदेशी सहित २१ भिक्षु ३ महिने वर्षावासमा

बुद्ध धर्मावलम्बीको महत्वपूर्व पर्व मानिने ३ महिने वर्षाबास शुरु भएको छ । कपिलवस्तु, लुम्बिनी र रामग्रामका विभिन्न बिहार र गुम्बामा ९ विदेशीसहित २१ भिक्षु वर्षाबास बसेका छन् । भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले मंगलपाठ गरेर पूजाआजा गरी लुम्बिनीस्थित नव मैत्री महाबिहारमा दुई शिष्यसहित वर्षाबास शुरु गर्नु भएको छ । असारदेखि असोज पूर्णिमासम्म वर्षाबास हुन्छ । यो बेला भिक्षु भिक्षुणीलाई आवश्यक चीवर (पहेलो वस्त्र), खाने कुरा, ओढने ओछयाउने वस्त्र र औषधिमुलोका सबै खर्च उपासक उपासिकाले दान दिने चलन छ । बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटी…

Read More