किमोलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामा वर्ल्ड ड्रिम प्रोजेक्टले विश्वभरका युवाहरुको सपना समेटेर प्रकाशन गरिने पुस्तक वी ह्याभ अ ड्रिममा छनौट भएका छन् । विश्वभरका २ सय १ देशका २ सय १ युवाका सपना समेटिने क्रममा नेपालमा लामा छनौट भएका हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा आफुले गर्न चाहेको कामको विवरणलाई उक्त पूस्तकमा समेटिएको छ । उनले आफ्नो स्वस्थ र सुखी नेपालको परिकल्पना प्रस्तुत गरेका छन् ।
लामाको वर्ल्ड ड्रिम प्रोजेक्टसँगको सम्बन्ध २०१४ मा आयरल्याण्डमा भएको वन योङ कन्फ्रेन्समा युवा सद्भावना दुतको रुपमा जाने क्रममा भएको हो । कन्फ्रेन्समा सहभागि भएका युवाहरुले दीगो विकासको लक्ष्य सहितका सपनाहरु सुनाउँदै जाने क्रममा उत्कृष्ट लागेका युवाहरुको सपनालाई पूस्तकमा समेट्ने गरेको लामाले बताए ।
लामा अध्ययनमै रहेका बेला हेल्थ असिस्टेन्टको समेत औपचारिक शिक्षा लिएका उनले करिब ३ वर्ष काभ्रेस्थित नमोबुद्ध गुम्बाको क्लिनिकको प्रमुखको रुपमा पनि काम गरेका थिए । त्यहाँ रहँदा उनले सञ्चालन गरेको क्लिनिकले पाँच रुपैयाँमा प्रदान गर्ने स्वास्थ्य सेवा स्थानीयबीच निकै लोकप्रिय रहेको थियो ।
अहिले गुम्बाको क्लिनिकमा आवद्ध नरहेका लामाले आफ्नै फाउण्डेसनमार्फत स्वास्थ्य र समाज सेवाको क्षेत्रमा विविध कामहरु गरिरहेका छन् । हाल उनले आफ्नै गृहजिल्ला गोरखाबाट आफ्नो योजनालाई अघि बढाइरहेका छन् । भविष्यमा फाउण्डेसनमार्फत् देशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवा विस्तार गर्ने उनको लक्ष्य रहेको छ ।
Click below for Video Interview