काठमाडौंको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको अनावरण गरिएको छ। केही दिन अघि केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहेका बुद्धको प्रतिमा अनावरण गरिएको हो।
प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमती र छोराका नाममा दान गरेका हुन्। प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थवीरले शील प्रदान गरेका थिए। भने भिक्षु संघबाट बुद्धाभिषेक ९मंगल पाठ० र बुद्ध पूजा गरिएको थियो। भिक्षु ञाणाबुध स्थविरले उपदेश दिएका थिए।
यो भवन बनाउन महानगरले करीव ४ करोड रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्रकारका अनुसार भवन निर्माणको काम सन्तोषजनक रूपमा भइरहेको छ। यसमा महानगरले पनि सहयोग गरेको छ।
२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ। केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, ध्यान शिविर चलाउने लगायत काम गर्दै आएको बताइएको छ।
बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यको तर्फबाट लगानी बढाएको काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताए। बुद्ध नेपालमा जन्मिए तर,बिहारहरू सबै अरू देशको सहयोगमा निर्माण भएका छन्।
उनले भने,‘ बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलंकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ। हामी आएपछि राज्यको उपस्थिति भएको हो।’