बौद्ध चैत्य र स्तुप परिक्रमा गर्दै मनाइने गुँला पर्व सुरु

एक महिनासम्म नुन र तामसी भोजन परित्याग गरेर बौद्ध स्तुप र चैत्य परिक्रमा गरी मनाइने गुँलापर्व सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलका अनुसार सो पर्व सुरु भए पनि स्वयम्भूमा बाजागाजासहित संस्थागत रूपमा आउन प्रतिबन्ध गरिएको छ ।

कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले तोेकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र स्वयम्भू परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मापदण्ड पालना गर्ने अनुशासित भक्तजनलाई स्वयम्भू महाचैत्य परिक्रमाका लागि प्रवेश अनुमति दिइएको बताइएको छ ।

काठमाडौँ उपत्यकामा रहेका चैत्य बहाः बहीमा पनि स्थानीयले भीडभाड हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको ओमबहालस्थित धर्मचक्र महाविहारका गुठियार भुवन शाक्य बताउनुहुन्छ । नेपाल संवत् सुरु भएको नौ महिनामा यो पर्व मनाउने प्रचलन छ । असारमा रोपाइँ सकेर साउनमा रोपो वरिपरिको झारपात उखेल्दै गोडमेल सकेपछि एक महिनासम्म कृषकले यो पर्व मनाउने गर्छन् ।

Share

Related posts