बौद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सुरु

बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएको छ। प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनी सहित देशैभरका विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन्। भिक्षु तपस्समी धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ। भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो। बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान…

Read More

हर्नामाडीमा ३० टनको ढुङ्गामा २५ फिट अग्लो बुद्ध मूर्ति बन्दै

हेटौँडा उपमहानगरपालिका वडा नं. १८ को गुम्बाडाँडास्थित मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्धको ढुङ्गाको मूर्ति निर्माण गरिएको छ । पर्यटकीय पार्क मूर्ति बगैँचामा समुदायको सहभागितामा ३० टन बराबरको ढुङ्गाको शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गरिएको हो । बुद्धमूर्ति निर्माण समन्वय समितिका संयोजक कमलचन्द्र सुमनले ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्यले ढुङ्गामा बुद्ध भगवानको मुखाकृति कुँदेको जानकारी दिँदै ढुङ्गाको नेपालकै दोश्रो ठूलो बुद्ध मूर्ति निर्माणमा दुई करोड रुपियाँ खर्च भइसकेको र थप २५ लाख लाग्ने बताउनुभयो । ‘कलागाउँ’ को पहिचान बनाउँदै गरेको गुम्बाडाँडामा २०६९ सालमा हर्नामाडी कला प्रतिष्ठानद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला…

Read More

हिलपार्कमा ३५ मिटर अग्लो बुद्ध मूर्ति बनाइने

लुम्बिनी आसपासको क्षेत्रलाई बौद्ध संस्कृतिमय बनाउने लक्ष्यसहित बुटवलमाथिको हिलपार्क डाँडामा झण्डै एक अर्ब लागतमा विशाल बुद्ध मूर्ति स्थापना गर्ने योजना अघि बढेको छ। लुम्बिनीसँग बुटवल र आसपासको क्षेत्रलाई जोड्न र रुपन्देही क्षेत्रलाई नै बुद्धमय बनाउने योजनासहित बुद्ध मूर्ति निर्माणको परिकल्पना गरिएको हो। बुटवल माथिका दुई पहाडमा केबलकार निर्माण सुरु भइसकेका छन्। तीन पहाडमध्ये हिलपार्कमा बुद्ध मूर्ति तथा नुवाकोट र बसन्तपुरमा केवलकारमार्फत पर्यटक पुर्‍याउने योजना छ। ध्यानकेन्द्र सहितको बुद्ध मूर्ति अवलोकनमा दैनिक तीन हजार पर्यटक आउने अपेक्षा गरिएको छ। लुम्बिनी परिपथसँग जोडिने गरी ३५ मिटर अग्लो बुद्ध मूर्ति बनाउने योजना अगाडि…

Read More

नेपालको सबैभन्दा पुरानो बौद्ध काष्ठकला संकटमा

नेपाल मण्डल बज्रयानको केन्द्र हो । बज्रयान बौद्ध धर्मको दैनिक अभ्यासका लागि यहाँ हाम्रा पुर्खाले विभिन्न महाविहार, बहा र बही समेत स्थापना गरेका थिए । यसमध्ये काठमाडौं वडा नं १९ मा रहेको भाष्करकीर्ति महाविहार पनि एक हो । यस विहारस्थित ताम्राकारहरुको मुल आगम घरमा रहेको नेपाल कै सबैभन्दा पुरानो काष्ठकला भने सुरक्षाको अभावमा खतरामा परेको छ । सदियौं पुरानो यटखा बहाः नामले प्रसिद्ध यो भाष्करकीर्ति महाविहार हो । यो बहाल काठमाडौंको ठूलो महाविहार मध्ये एक हो । अन्य विहारहरुमा शाक्य र वज्राचार्यको बौद्ध धर्मको दैनिक अभ्यास हुने भएपनि यो बहाल…

Read More

चोरिएका बुद्ध सहितका ३ मध्यकालीन मूर्ति नेपाल फिर्ता

नेपालबाट चोरी गरेर अमेरिकाको न्यूयोर्क पु¥याइएका तीन वटा मध्यकालीन मूर्ति काठमाडौं ल्याइएको छ । अमेरिकास्थित नेपाली दूतावासबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ल्याइएको अप्सरा, बुद्ध र गणेशको मूर्ति बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको हो । तीन वटै मूर्ति अब संग्रहालयमा राखिने छन् । नेपाल फर्काइएका तीनै मूर्तिहरु अनुमानित १३ औं, १४ औं र १५ वा १६ औं शताब्दीका छन् । यी मूर्तिहरु कहाँबाट हराएका हुन्, यकिन नभएको मन्त्रालयले जनाएको छ । तर यसमध्ये अप्सराको रंगीन मूर्तियुक्त काठको टुँडाल पनौतीको इन्द्रेश्वर मन्दिरमा रहेका मध्यकालीन टुँडालसँग मिल्दाजुल्दा छन्…

Read More

सिद्धार्थनगरका सडकभरी गौतम बुद्धका मूर्तिहरु

चार वर्ष अघिसम्म रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा बुद्ध चिनारीका कुनै कलात्मक वस्तु थिएनन् । अन्यत्र जिल्ला र बाह्य मुलुकबाट आउने पर्यटक लुम्बिनी पुगेपछि मात्रै बुद्धबारे जानकारी पाउँथे । कलात्मक बुद्धमूर्ति देख्थे । अहिले भने अवस्था फेरिएको छ । सिद्धार्थनगरमा पाइला टेक्नेले सुरुमै बुद्धमूर्ति देख्न पाउँछन् । अहिले नगरका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ । २०७४ को स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हाले । त्यसपछि योजनाबद्ध रुपमा भैरहवालाई बुद्धमय र पर्यटकीय नगर बनाउने अभियान सुरु गरिएको हो । सुरुमा नगरले नीति बनाएर नगरभित्रका घरहरुमा…

Read More

निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण

कपिलवस्तुको निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तु नगरपालिका–११, अरौराकोटमा कनकमुनि बुद्ध र कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुछन्द बुद्धका साढे ६ फिट अग्ला र ३० इन्च चौडाइका प्रतिमा स्थापना गरिएका हुन् । पर्यटकीय आकर्षण थप्न प्रदेश सरकारले उनीहरुकै जन्मस्थलमा बगैंचा–पार्कसहित पूर्ण कदका बुद्ध प्रतिमा स्थापना गरिएको हो । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध प्रतिमाको अनावरण गरेका हुन् । गोटिहवामा ६० लाख १७ हजार ८ सय ५६ रुपैयाँको लगतमा क्रकुछन्द बुद्धको मूर्तिसहितको बगैँचा बनाइएको छ । यस्तै, आरौराकोटमा ९० लाख ६ हजार ७ सय…

Read More

दलाई लामा भन्छन् आफू कम्तीमा पनि ११० वर्षको जीवनकालका लागि प्रतिबद्ध

तिब्बती बुद्धिस्ट धार्मिक नेता दलाई लामाले आफू कम्तीमा पनि ११० वर्षको जीवनकालका लागि प्रतिवद्ध रहेको बताएका छन्। आफ्नो मंगलबार जुलाई ६ मा परेको ८६ औँ जन्मोत्सवको अवसरमा शुभकामना दिनेहरुप्रति आभार प्रकट गर्दै उनले आफ्नो आयुबारे बताएका हुन्। उनले जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘मेरा केही सपनाहरु तथा केही पूर्वानुमानहरुमा मेरो आयु ११० वा ११३ वर्ष रहेको देख्ने गरेको छु। विश्वका विभिन्न क्षेत्रका व्यक्तिको शुभेक्षा र शुभकामनाले लामो जीवनका लागि मेरो आत्मबल थप बलियो बनेको छ। म कम्तीमा पनि ११० वर्ष बाँच्नका लागि प्रतिवद्ध छु।’ आफ्ना लागि शुभकामना दिने तथा…

Read More

नेपाल बौद्ध परियत्ति शिक्षाको २०७७ को परीक्षाको नतिजा सार्वजनिक

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको २०७७ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा चैत्र ७ गते देखि २०७८ बैशाख १० सम्म संचालित भएको थियो । केन्द्रहरूले आफनो केन्द्रहरूको लागि प्राप्त भएका पासवर्ड प्रयोग गरी वेभसाइटमा आफना केन्द्रका विद्यार्थीहरूको नतिजा हेर्न सक्नेछन् । नतिजा प्रकाशन गर्दा गल्ती नहोस् भनि सावधानी अपनाएको महासंघले जनाएको छ । महासंघले नाम, केन्द्र आदिमा गल्ती सच्याउनु परेमा सम्पर्क गर्न हुन पनि अनुरोध गरेको छ । परीक्षामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागि थिए । परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुस् http://www.nbps.org.np/login?ReturnUrl=%2fExamView%3ffbclid%3dIwAR3hoQFjZxwmtrnRV4wZ4tPPhgFottKcQLppf-EYxomn7gh77Uj6W25DcFw

Read More

बुद्धभूमि पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्न निर्देशन

संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने गरी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । सोहीकारण उनले आइतबार पदबहाली गरेका हुन् । सो क्रममा उनले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी प्रारम्भिक काम अगाडि बढाउन समेत विभागलाई निर्देशन दिए । नेपालको विकासको मूख्य स्तम्भ पर्यटन भएको भन्दै उनले पर्यटन…

Read More