ग्याशी पूजा गर्दै शेर्पा किदुग अमेरिका

शेर्पा किदुग अमेरिकाले लोसार आउनै लागेको समयमा बिगत वर्षका सम्पूर्ण दोषहरु हटाउँदै भावी दिनमा आई पर्न सक्ने बिघ्न बाधाहरु पन्छाउन ग्याशी पूजाको आयोजना गर्ने भएको छ । ग्याशी पूजा चराचर जगतको दुस्ख निवारणको लागि भगवान शाक्यमुनि बुद्धले दिनु भएको उपायको आधारमा गरिने पूजा हो । यो पूजा आगामी वर्ष (मुसा वर्ष) जन्म पर्नेहरुको ग्रह शान्तिको लागि बिशेष फलदायी हुने विश्वाश गरिन्छ । पूजा आगामी फेब्रुअरी २२ मा हुँदैछ । यस पूजामा दान गरी आफ्नो दुस्ख र रोग ब्याधि निवारणका साथ जगत कल्याण गरी पुण्य आर्जन गर्न चाहने महानुभावहरुले शेर्पा किदुग…

Read More

वृहत बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार

नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको छलफल एवं अन्तरक्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले लुम्बिनी र बुद्धकालीन सभ्यताका नेपालका सबै क्षेत्र तथा प्रमुख हिन्दू धर्मका क्षेत्रलाई जोडेर तयार पारिएको बृहत्…

Read More

पवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङको परिचय

Reading Nepali translation of Dhomang/ Sungdhui.** collection of Dharani** Triyana Dharma Centre has published it. Here you can buy, if you want. ///विशेष गरी महायानी बौद्धहरुले आफ्नो प्रमुख धार्मिक ग्रन्थको रुपमा लिने भगवान बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सूत्रको रुपमा देशना गर्नुर्भको बचनको संगालो पवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङ/// ///२५ सय पृष्ठ र ११७ परिच्छेदको सो अनुवादित ग्रन्थ ९ किलो वजनको छ । // Nepali ma lekhiyeko pabitra Domang Book ko contact number 00977 9818408005 +977 9851047314 +977 9849110000 +977 9840021747 +977 9851063821 +977 9851100714 +977 9810367779 +977 9843062346…

Read More

लुम्बिनीमा प्रज्ञा स्तुप उद्घाटन

लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रज्ञा स्तुपको उद्घाटन गरेको छ । रक्षामन्त्री इश्वर पोखरेलले विहिबार विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा निर्मित प्रज्ञा स्तुपको उद्घाटन गरेका हुन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, प्राध्यापक लगायतको उपस्थितीमा बौद्ध धर्मसँग सम्बन्धित बाजागाजासहित कार्यक्रम सम्पन्न भएको थियो । स्तूप निर्माणले लुम्विनी भ्रमण बर्ष २०७६ र नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन थप टेवा पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरन्त वज्राचार्यले बताए ।

Read More

भ्रमण वर्ष २०२० लाई सहयोग गर्न मन्त्री भट्टराईको बौद्ध धर्मगुरुहरुलाई आग्रह

भ्रमणको वर्ष २०२० लाई सहयोग गर्न बौद्ध धर्मगुरु, आनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा मन्त्री भट्टराईले २ सय भन्दा बढि बौद्ध धर्मगुरुहरुलाई बोलाएर भ्रमण वर्षको बारेमा छलफल गरे । छलफल कार्यक्रममा उपस्थित भएका बौद्ध धर्मगुरुहरुले बौद्ध धर्म र दर्शन पछिल्लो समय विश्वव्यापी बन्दै गइरहेको उल्लेख गर्दै प्रख्यात रिन्पोचे तथा धर्मगुरुहरुका माध्यमबाट ठूलो संख्यामा बौद्ध धर्मावलम्वी तथा अनुयायी नेपाल आउन सक्ने बताए । मन्त्री भट्टराईले बौद्ध धर्म नेपालको मौलिक धर्म भएको र बौद्ध धर्मका विभिन्न मुलुकमा रहेको धर्मावलम्वीका लागि नेपालको लुम्बिनी सबैभन्दा…

Read More

खेन्पो साङगे राङजुङ रिम्पोचेद्धारा न्युयोर्कमा लुङ (आगम) र वाङ (अभिषेक)प्रदान

बौद्ध दर्शनका विद्वान र धर्म गुरु खेन्पो साङगे राङजुङ रिम्पोचेद्धारा न्युयोर्कमा बौद्ध दर्शन सम्बन्धी महत्वपुर्ण ज्ञान र अभिषेक प्रदान गर्नु भएको छ । शेर्पा किदुग अमेरिकाद्वारा डिसेम्बर ८ देखि किदुगकै गुम्बामा आयोजना गरिएको उक्त कार्यक्रममा रिम्पोचेले ङिङमा सम्प्रदायका महानायक लोङछेन जिग्मे लिङ्पाले प्रतिपदान गर्नु भएको निधि अन्र्तगतको महत्वपुर्ण ग्रन्थ “लोङछेन ङिङथिक ङोन्डोको लुङ” (आगम) र “गुरु रिम्पोचेको रत्न थोठेङचलको” अभिषेक प्रदान गर्नु भएको थियो। न्युयोर्क र आसपासका बौद्धमार्गीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा रिम्पोचेले बुद्ध, बुद्धत्व र बौद्ध दर्शनको महत्वपूर्ण ज्ञानको बारेमा नेपाली भाषामा शिक्षा दिनु भएको छ । बौद्ध…

Read More

लुम्बिनीमा विश्व शान्ति पूजा सम्पन्न

बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वशान्ति पुजा सम्पन्न भएको छ । विश्व शान्ति र सम्पूर्ण प्राणीको हितको कामना गर्ने उद्देश्यका साथ बौद्ध जागरण केन्द्रले लुम्बिनीस्थित क्यानाडा ठाङ्गु बज्र विद्या गुम्बा र मायादेवी परिसरमा विश्वशान्ति पुजा आयोजना गरेको थियो । मंसिर १८, १९ र २० गतेसम्म भएको पूजा परमपुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोर्छे र आचार्य सर्बोजीत गोम्जा लामाको सानिध्यमा भएको थियो पूजामा विभिन्न भगवानहरूको प्रार्थना, सत्व प्राणीहरूको क्लेष, दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण भएको थियो । पुजामा काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे लगायतका…

Read More