जाने होइन त १७ दिने बौद्ध सम्पदाको भ्रमणमा ?

बुद्धिष्ट टिचिङ एण्ड मेडिटेशन सेन्टरले १७ दिने बौद्ध सम्पदा भ्रमण कार्यक्रम बनाएको छ । १७ दिने भ्रमणमा सहभागि हुनेले नेपाल र भारतमा रहेका अधिकांस बौद्ध सम्पदामा गई दर्शन, भ्रमण, ध्यान, पूजा र त्यहाँ हुने प्रवचन लगायतका विभिन्न कार्यक्रममा सहभागि हुने अवसर पाउनेछन् । भ्रमण पुस १८ गतेदेखि माघ ५ गतेसम्म हुने सेन्टरका प्रमुख खेन्पो सोनाम गुर्मे तामाङले बताए ।

भ्रमणमा जाने तिर्थस्थलहरुः
तिर्थ स्थलहरुः महाराष्ट्र, अजन्ता, एलोरा, औरंगावाद, आन्द्र प्रदेश, ल्होक्षोग पल्री, अनुपु महाविहार, तेलंगना, आम्रवती, मुम्बई, डुब्थोब गेचु, ठोएमा नाग्मो, एलिफेन्टा केभ, विपाशना ध्यान केन्द्र मुम्बई भिजिट, उडिसा, मध्य प्रदेश, साँची स्तुपा, लुम्बिनी, मायादेवी टेम्पल, निग्लीहवा, तिलौराकोट, गोटीहवा ।

तीर्थयात्रीले पाउने सेवा
लग्जरी टुरिष्ट बस
तिर्थयात्रा अवधिको पूजा, ध्यान लगायतका कार्यक्रमको डि.भि.डि
प्रवचन, ध्यान तथा तिर्थस्थल सम्बन्धी जानकारी
होटल तथा मोनास्टिक लजको सुविधा
सस्थाद्वारा सञ्चालित क्याटरिंग सर्भिस
पूजा तथा ध्यानको नेपाली र लामा भाषाको पूस्तिका

भ्रमणका लागि सम्पर्क
९८४०४१३९३४, ९८४९११८५६२

Share

Related posts

Leave a Comment