नेपाल बौद्ध ञिङमा संघद्वारा शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा), बौद्ध, काठमाडौंमा आयोजित पन्ध्रौँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रममा आज र भोली बुद्धको अस्तुधातु (रिङ्सेल) श्रद्धालु भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था गरिएको छ ।
गत बुधवारदेखि शुरु भएको ञिङमा मोन्लाममा दुई दिन बुद्धको अस्तुधातु राख्ने क्रममा आज पहिलो दिन विहान ९ बजेदेखि शेर्पा गुम्बामा राखिएको हो । मध्यान्ह ४ बजेसम्म राखिने अस्तुधातुको भक्तजनहरुले बिहानैदेखि दर्शन गरिरहेका छन् । भोली सोमवार पनि विहान ९ देखि ४ बजेसम्म अस्तुधातु दर्शनका लागि राखिनेछ । मोन्लाम भोली नै समापन हुँदैछ ।
Share