काठमाडौँको बौद्धमा जारी ञिङ्मा मोन्लाम सकिएको छ । गत बुधवारदेखि शुरु भएको मोन्लाम सोमवार समापन भएको हो । नेपाल बौद्ध ञिङमा संघको आयोजनामा बौद्धस्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा पन्ध्रौँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) आयोजना गरिएको थियो ।
मोन्लाम कार्यक्रमकै बीच आइतवार र सोमवार बुद्धको अस्तुधातु (रिङ्सेल) श्रद्धालु भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था गरिएको छ । ञिङ्मा मोन्लाममा दुई दिन बुद्धको अस्तुधातु विहान ९ बजेदेखि मध्यान्ह ४ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो ।
Share