सोभित भन्ते प्रवज्या भएको अर्थात भिक्षु जीवनमा प्रवेश गरेको ३८ वर्ष भइसकेको छ । उनी प्रवजित भएको ३७ औँ वर्षको अवसरमा शुक्रबार काठमाडौँको गण महाविहारमा विशेष कार्यक्रम गरी मनाइयो ।
कार्यक्रममा सोभित भन्तेले भिक्षु जीवनमा प्रवेश गरेपश्चात बौद्ध धर्म र संस्कृतिको पुर्याएको योगदानका स्मरण गरियो । सोही कार्यक्रममा चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कला, संस्कृति र सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै अभिनन्दन पनि गरिएको थियो ।
बौद्धधर्मकों प्रवद्र्धनमा योगादन दिदै आएका अष्टमाया महर्जन, धनबहादुर नकर्मी लगायत ६ जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सोभित भन्तेलाई शुभकामना दिन भिक्षु भिक्षुणीका साथै उपासक उपासिका उपस्थित भएका थिए ।
Share