बौद्ध ज्ञानको प्रवर्धनमा गुरुमाको ३० वर्ष

ललितपुर निवासी बौद्ध गुरुमा चित्तावतीले प्रवज्या लिई बौद्ध धर्म र दर्शनको ज्ञान बाँढ्न थालेको ३० वर्ष पुगेको अवसरमा भक्तपुरको कमलविनायकमा शनिबार एक कार्यक्रम गरिएको छ । गुरुमाले भिक्षुणीको रुपमा ३० वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा गुरुमाको दीर्घायू र सुस्वास्थ्यको कामना पनि गरियो ।

कार्यक्रममा करिब ३ सय ५० भिक्षु तथा भिक्षुणी सहभागि थिए । त्यस्तै १ हजारभन्दा बढि उपासक तथा उपासिका कार्यक्रममा सहभागि भएको भिक्षु तपस्सी धम्मले जानकारी दिए ।

उक्त कार्यक्रममा वृहत बुद्ध पूजा, अष्टपरिष्कार दान, परित्राण पाठ तथा संघ भोजन समेत गरिएको थियो ।

Share

Related posts