नेपाल बौद्ध संघको आयोजनामा काठमाडौँको बौद्धनाथ परिसरमा विश्व शान्ति पूजा सम्पन्न भएको छ । चौथो विश्व शान्ति पूजा बौद्ध धर्मगुरु १३ औँ अवतारी छोग्याल रिम्पोछेको उपस्थितिमा सम्पन्न भएको हो । पूजामा १३ जिल्लाका ४ सय भन्दा धेरै लामागुरु, भिक्षु, भिक्षुणीहरुले विश्व शान्तिको पाठ गरेका थिए । विश्वशान्ति पूजा जीवहरुको कल्याणका लागि आयोजना गरिदै आएको कार्यक्रम संयोजक काइला लामाले बताए ।
पूजामा उल्लेख्य संख्यामा बौद्ध धर्मावलम्बी उपस्थिति भएका थिए । २०७३ साल माघमा स्थापना भएको नेपाल बौद्ध संघले स्थापनाको २१ औँ महिनामा भक्तपुरको चाँगुनारायणमा २०७४ साल जेठ ३१ गते पहिलो विश्व शान्ति पूजा गरेको थियो ।
त्यस्तै संघले २०७४ साउन महिनामा ३ दिने दोश्रो विश्व पूजा काठमाडौंको बौद्धमा र तेश्रो विश्व शान्ति पूजा २०७४ साल चैत्र १ गते ललितपुरको सिद्धि इन्द्र कोष गोन्पामा गरेको थियो । संघले शान्ति र मानवताको प्रवद्र्धनका लागि गुम्बा निर्माण तथा बौद्ध धर्मसंस्कृति भित्र रहेका विभिन्न पूजा तथा कार्यक्रमहरु गर्दै आइरहेको छ ।