नेपाल बौद्ध संघले निर्माण गर्ने १०९ मध्ये ३ गुम्बा निर्माण सम्पन्न

७२ सालको भूकम्पका कारण क्षति पुगेका १०९ भूकम्प प्रभावित जिल्लाका १०९ गुम्बा निर्माण गर्ने योजना थालनी गरेको नेपाल बौद्ध संघले अहिलेसम्म ३ वटा गुम्बाको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण सम्पन्न भएका ३ मध्ये २ गुम्बाको उद्घाटन केही समय अघि गरिएको थियो ।

हालै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७, फाल्डुकमा कग्यु दर्शलिङ गुम्बाको निर्माण कार्य सम्पन्न गरी श्रद्धेय १३ औँ अवतारी छोग्याल रिम्पोछेको उपस्थितिमा उद्घाटन गरियो ।

गुम्बा निर्माणका लागि स्थानीय सञ्चमान तामाङ, ठिमसाङ शेर्पा, कामी देउ र श्रीमती पत्ती तामाङल लगायतले १ रोपनी ७ आना जग्गा उपलव्ध गराएका थिए ।

गुम्बा निर्माणका लागि वडा अध्यक्ष मिनबहादुर श्रेष्ठ र बाह्रविसे नगरपालिका मेयरल जनही ५ लाख रुपैयाँले सहयोग गरेका थिए ।

Share

Related posts