आइतबारदेखि राष्ट्रिय बौद्ध सम्मेलन

काठमाडौं – बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आगामी आइतबार मंसिर २३ गते ‘राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गर्दैछ ।

‘शान्त, समृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा मुलुकभरका बौद्धमार्गी सहभागी हुने समितिले जानकारी दिएको छ। सम्मेलनबाट बौद्ध दर्शन र सम्पदा संरक्षणमा रहेका समस्या तथा अवसर पहिचान गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन लागि ठोस योजना निर्माणमा सहयोग पुर्याउने लक्ष्य आयोजकले लिएको छ।

सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बौद्ध सम्मेलन आयोजनाका लागिसमेत यो सम्मेलनले आधार तयार गर्ने आयोजकले दावी गरेको छ । अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ र बज्रयान महासंघ सम्मेलनको सहआयोजक रहेका छन्। सम्मेलन ललितपुरस्थित स्टाफ कलेजको हलमा आयोजना हुनेछ।

Share

Related posts

Leave a Comment