समर क्याम्पमा बुद्ध शिक्षा

विद्यार्थीलाई बुद्ध शिक्षा सम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले गरिएको २ दिने समर क्याम्प सकिएको छ । युवा बौद्ध संघ नदीपुर, पोखराले गरेको उक्त क्याम्पमा विभिन्न विद्यालयका ३५ विद्यार्थी सहभागि थिए । विद्यालय तहदेखि नै बौद्ध शिक्षा दिदाँ उनीहरुमा सकरात्मक सोचको विकास हुनुका साथै शान्ति र करुणाको भावना समेत विकसित हुने आयोजकको भनाई छ । क्याम्पमा सहभागि भएका विद्यार्थीले बौद्ध शिक्षाको व्यवहारिक ज्ञान पाउँदा आफुहरु हर्षित बनेको प्रतिक्रिय दिएका छन् । २ दिने क्याम्पमा लिएको शिक्षाले बौद्ध शिक्षाको विषयमा थप जान्न हौसला मिलेको समेत उनीहरुले बताएका छन् ।

Read More

गुम्बा पुनःनिर्माणको रकम फ्रिज

विसं २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणका लागि प्राप्त बजेट काम नै शुरु नभई फ्रिज भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत क्षति भएका गुम्बाको लाभग्राही सूची नै प्रकाशित नगरेका कारण काभ्रेपलाञ्चोक जिल्लामा गुम्बा पुनःनिर्माणको काम शुरु नै भएको छैन । तर असारको अन्तिम सातामा आएर लाभग्राहीको सूचीमा परेका गुम्बाको विवरणसँगै पुनःनिर्माणका लागि प्राप्त रु एक करोड ७४ लाख ६० हजार रकम भने रकम सम्झौतासमेत गर्न नपाउँदै फ्रिज भएको हो । अर्थ मन्त्रालयबाट समयमै बजेट विनियोजन नभएका कारण गुम्बा पुनःनिर्माणको काम शुरु गर्न नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला…

Read More

बुद्ध वाज बर्न इन नेपाल अभियान अब एम्बुलेन्समा पनि

गौतम बुद्धको जन्म नेपालमा भएको भन्दै देशविदेशमा विविध प्रचारात्म्क कार्यक्रम गर्दै हिडेका गायक धिरज राइले एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान सुरु गरेका छन् । मंगलबार उनले भक्तपुर क्यान्सर अस्पतालमा ३ वटा एम्बुलेन्स र त्यहाँ चिकित्सकहरुको सवारीमा बुद्ध वाज बर्न इन नेपाल लेखिएको स्टिकर टाँसेका छन् । भक्तपुरबाट सुरु भएको एम्बुलेन्समा स्टिकर टाँस्ने अभियान बुधबारदेखि देशव्यापी बनाउने गायक राईले बताए । गायक राईले केही दिन अघि चितवनको सौराहामा रहेका करिब १०० हात्तीमा पनि यस्तै प्रकारको बुद्धको तस्वीर अंकित स्टिकर टाँसेका थिए । उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसँग मिलेर १ हजार ट्याक्सीमा…

Read More

बुद्ध मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग

बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन्। जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित ३० लाख आज पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ।दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे।समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे। गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष…

Read More

सय हात्तीमा स्टीकर टाँसेर भनियो ‘बुद्ध वाज बर्न इन नेपाल’

कही समययता बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेर देशविदेशमा विविध कार्यक्रम चलाउँदै आएका चर्चित गायक धिरज राईले शनिबार चितवनको सौराहामा बेग्लै किशिमको कार्यक्रम गरे । उनले सौराहामा रहेका करिब १०० हात्तीमा Buddha was born in Nepal लेखेर त्यहाँ आएका पर्यटकलाई गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने जानकारी दिए । नेपाल घुम्न आउने पर्यटक पाहुना मात्रै नभएर जुन देशबाट आएका हुन् ती देशको सांस्कृतिक दुत पनि हुन् भन्दै राईले पर्यटकलाई बुद्धको जन्मस्थलको वास्तविकता थाहा भए हाल कतिपय मुलुकमा बुद्धको जन्मस्थल सम्बन्धीको भ्रम हटेर जाने दावी गरे । गायक राई लामो…

Read More

बुद्ध मुर्ति तोडफोडको बौद्धसम्बन्धी विभिन्न संघसंगठनको भर्त्सना

रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित बुटवल बेलहिया सडकखण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्ध मुर्ति अज्ञात समूहद्वारा तोडफोड गरिएपछि अहिले यो विषयको देशव्यापी निन्दा भइरहेको छ । मुर्ति तोडफोड भएपछि अहिले बौद्ध धर्मसम्बन्धी विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् । नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेनले विज्ञप्ति जारी गर्दै विश्व शान्तिको प्रतिक बुद्धको मुर्तिलाई तोडफोड गरी मुलुकमा अशान्ति निम्त्याउने र धार्मिक सद्भाव खलबलाउने कुकार्यले कसैको हित नहुने बताएका छन् । उनले यस्तो कार्यप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै मुर्ति तोडफोडमा संलग्नलाई अलिवम्व कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । अखिल…

Read More

रुपन्देहीमा कसले तोडफोड गर्यो बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्ने विषयमा अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।

Read More

बुद्धले पहिलोपटक उपदेश दिएको दिनमा स्मरणमा मनाइयो धर्मचक्र प्रवर्तन दिवस

गुरुपूर्णिमाको अवसरमा बौद्ध धर्मावलम्बीहरुले धर्मचक्र प्रवर्तन दिवस मनाएका छन् । बुद्धत्व प्राप्त गरिसकेपछि भगवान बुद्धले आजकै दिन पहिलोपटक पाँचजना ब्राह्मणलाई धर्म उपदेश दिएका थिए । सारनाथको मृगमदासन वनमा बुद्धले कोन्डय, भप, भदिय, महानाम र असजी ब्राह्मणहरुलाई चतुर्आर्य सत्यसम्बन्धी उपदेश दिएका थिए । आजको दिन विभिन्न बौद्ध देशहरुमा बुद्धपूजा गरी धर्म उपदेश दिने परम्परा पनि रहेको छ । नेपालका विभिन्न बौद्ध विहारहरुमा समेत बौद्ध पाठसहित धर्मचक्र प्रवर्तन दिवस मनाइएको छ ।

Read More

न्युयोर्कमा ४ दिने वज्रगुरु मन्त्र जप सम्पन्न

शेर्पा किदुग अमेरिकाद्वारा न्युयोर्क स्थित आफ्नै भवनमा आयोजित विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धि र पर्यावरणीय स्थिरताको लागि आयोजित चार दिने वज्रगुरु मन्त्र जप आइतबार सम्पन्न भएको छ । वज्रगुरु मन्त्र जप महागुरु पद्मसंभवको पुण्यतिथि टेल्दा छेचु (पाँचौं महिना)को दशमीको पावन अवसरमा आयोजना गरिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउनु भएको थियो । वज्रगुरु मन्त्र गुरु पद्मसंभवको हृदयमन्त्र हो । नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया लगायतका हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान…

Read More

न्यूयोर्कमा सुरु भयो वज्रगुरु मन्त्र जप

शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलो पटक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना गरेको वज्रगुरु मन्त्र जप सुरु भएको छ । किदुगको आफ्नै गुम्बामा ११ जुलाईदेखि वज्रगुरु मन्त्र जप सुरु भएको हो । अमेरिकामै पहिलोपटक आयोजना भएको उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा भुटानबाट धर्म गुरु नाम्खी ङिङपो रिन्पोछे उपस्थित हुनु भएको छ । गुरु पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाचौं महिना) दशमीको अवसर पारेर विहिबारदेखि सुरु भएको बज्रगुरु जप आइतबारसम्म जारी रहनेछ । कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले…

Read More