गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्धारको रुपमा रहेको भैरहवाका मुख्य सडकहरुमा बुद्धको प्रतिमा राख्न थालेपछि सो स्थान बुद्धमय बनिरहेको छ । लुम्बिनीसँग सबैभन्दा नजिक रहेता पनि भैरहवामा बुद्धसँग सम्बन्ध झल्काउने खासै केही पनि थिएनन् । त्यसैले पनि भैरहवादेखि नै उक्त स्थान बुद्ध जन्मस्थल हो भन्ने आभाष दिलाउन सिद्धार्थ नगरपालिकाले नगर क्षेत्र भित्र बुद्ध मूर्ति राख्ने अभियान सुरु गरेको हो । पहिलो चरणमा भैरहवा क्षेत्रको बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दुरीमा बुद्ध मूर्ति राखिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार यस बाहेक लुम्बिनी सडकखण्डमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म…
Read MoreCategory: Featured
बौद्ध धर्म उत्थानको कारण यस्तो छ
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ । वैदिककालमा विषेश गरि दुई प्रकारको…
Read Moreदलाई लामाको जन्मदिन मनाउन रोक
गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो । नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेक पटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो। प्रमुख…
Read Moreअड्चनको विषयमा बोलिन आनी छोइङ डोल्मा
गायिका आनी छोइङ डोल्माले सम्पत्ति शुद्घीकरण गर्न खोजेको भन्ने आरोपको खण्डनमा मुख खोलेकी छन्। उनले प्रेस विज्ञप्ति जारी गरी आफूले सन् १९९८ मा स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन (भिक्षुणी सेवा संघ) र आरोग्य फाउन्डेसनले विदेशमा दाताबाट प्राप्त दानदक्षिणा र कन्सर्टमा आर्जन गरेको रकम बैंकमा रोकिएको बताएकी छन् । ‘विगतमा पनि रकम ट्रान्सफर भएर आउँदा भोगचलनमा बाधा भएन’,आनीले भनिन्, ‘बैंकले पनि बाहिरबाट रकम भित्र्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ भनेर कहिल्यै जानकारी दिएन ।’ आनीको मेगा बैंकको खातामा गत वर्ष वैशाखमा हङकङमा चिनियाँ मूलका व्यत्तिाmले ट्रान्सफर गरेको १६ लाख ४९ हजार…
Read Moreगुरु पद्ममसम्भव अर्थात गुरु रिन्पोछे भनेको को हो ?
गुरु पद्ममसम्भव अथवा गुरु रिन्पोछे भनेको बुद्ध अमित्वको चित्तको निर्माण कार्य हो । बुद्ध अमित्ब भनेको हजारौं कल्प अगाडि यस जम्बुदिपमा आगमन भएको बुद्ध हो । र, बुद्ध अमित्बको दायाँबाट आर्य अवलोकेशवर र बायाँबाट आर्यतारा र चित्तबाट गुरु रिन्पोछे प्रकट हुने कुरा बुद्ध अमित्बको सुत्रहरुमा उल्लेखित भएको पाइन्छ । गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । भगवान बुद्धले देशना गरेको…
Read Moreरहस्यले भरिएको काक्रेविहार
सेवा भट्टराई सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं । वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनिरहेको मन्दिर, जसको गजुर राख्नै बाँकी छ । यो काँक्रेविहारको दृश्य हो । करीब ५० वर्षअघि योगी नरहरिनाथले चर्चा गरेपछि काँक्रेविहारप्रति पुरातत्वविद् र बौद्ध विद्वानहरूको ध्यान आकर्षित भएको हो । काठमाडौं उपत्यकामा बज्रयानी, हिमाली क्षेत्रमा…
Read Moreलुम्बिनीमा अत्याधुनिक ध्यान केन्द्र बनाइने
करिब ६० करोड रुपैयाँ लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा अत्याधुनिक सुविधा सम्पन्न ध्यानकेन्द्र निर्माण गरिने भएको छ । ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महासिद्ध ‘स्याक्चुरी फर युनिभर्सल पिस’ नामक उक्त ध्यानकेन्द्र धर्मगुरु स्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाईमा बनाइन लागिएको हो । ध्यानकेन्द्रमा भिक्षुहरुलाई ध्यान गर्नका लागि आवास, पूजास्थल सहितको हुनेछ । स्तुप आकारमा बनाइन लागिएको ध्यानकेन्द्र कोरियन गुम्बाको पछाडि निर्माण गरिनेछ । ध्यानकेन्द्रको डिजाइन चीन, मलेशिया र हङकङका आर्किटेक्ट डिजाइनरले गरेका हुन् । इन्जिनियरिङ हिसाबले पनि ध्यानकेन्द्र अत्यन्तै सुविधायुक्त हुने स्याल्पा रिम्पोछेको भनाई छ । लुम्बिनीमा अहिलेसम्म बौद्ध धर्मका विभिन्न…
Read Moreस्वयंभूमा सागा–दावा मोन्लाम सम्पन्न, यस्तो छ सागा दावाको महत्व
काठमाण्डौ, असार २ नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आइएको सागा दावा पर्व यस वर्ष स्वयंभू स्थित मुस्ताङ गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको उपस्थितिमा दुई दिने सागा दावा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा श्रद्धेय सेर्कोङ रिन्पोछे र श्रद्धेय खेन्पो सोनाम टासी रिन्पोछेज्यूलाई आमण्त्रण गरिएको थियो । असार १ र २ गते दुई दिन भएको सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) पनि श्रद्धालु भक्तजनहरूलाई दर्शनको राखिएको थियो । बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र…
Read Moreविश्वकै ठूलो बौद्ध विद्यालय
चीनको चेंगदु नजिकै रहेको विश्वकै सबैभन्दा ठूलो आवासीय बोद्ध विद्यालय लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजारभन्दा बढि विद्यार्थी अध्ययन गर्छन् । झन्डै एउटा गाउँजस्तै देखिन्छ यो एकेडेमी । टाढाबाट हेर्दा घरको छानाहरु मात्र देखिन्छ । सबै छानामा एकै किशिमको रातो रंग लगाइएको छ । दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भएको हो । परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् । यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ, तर आइफोन चलाउन भने पाइन्छ । छात्र र छात्राका लागि सडक नै सीमाना…
Read Moreन्युयोर्कमा बिश्व शान्तिको लागि पहिलोपटक चार दिने वज्रगुरु जप हुँदै
शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलोपल्ट एकलाख वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गर्ने भएको छ । महायानी बौद्धमार्गीबीच दोस्रो बुद्ध भगवान मानिने पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाँचौं महिना) दशमीको अवसर पारेर उक्त समारोह आयोजना गर्न लागिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउने शेर्पा किदुग, अमेरिकाका अध्यक्ष उगेन शेर्पाले बताए । आगामी जुलाई ११ देखि १४ तारीख सम्म शेर्पा किदुगमा आयोजना हुने कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र…
Read More