करिब ६० करोड रुपैयाँ लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा अत्याधुनिक सुविधा सम्पन्न ध्यानकेन्द्र निर्माण गरिने भएको छ । ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महासिद्ध ‘स्याक्चुरी फर युनिभर्सल पिस’ नामक उक्त ध्यानकेन्द्र धर्मगुरु स्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाईमा बनाइन लागिएको हो ।
ध्यानकेन्द्रमा भिक्षुहरुलाई ध्यान गर्नका लागि आवास, पूजास्थल सहितको हुनेछ । स्तुप आकारमा बनाइन लागिएको ध्यानकेन्द्र कोरियन गुम्बाको पछाडि निर्माण गरिनेछ । ध्यानकेन्द्रको डिजाइन चीन, मलेशिया र हङकङका आर्किटेक्ट डिजाइनरले गरेका हुन् । इन्जिनियरिङ हिसाबले पनि ध्यानकेन्द्र अत्यन्तै सुविधायुक्त हुने स्याल्पा रिम्पोछेको भनाई छ ।
लुम्बिनीमा अहिलेसम्म बौद्ध धर्मका विभिन्न सम्प्रदाय र २३ राष्ट्रले मोनाष्ट्री बनाएका छन् ।
तश्विरः नविन के. श्रेष्ठ