भूकम्पले प्रभावित बनेका नेपालका विभिन्न जिल्लाका १ सय ८ वटा गुम्बा निर्माण गर्ने अभियान सञ्चालन गरिरहेको नेपाल बौद्ध संघले सोमबार काठमाडौँको बौद्धमा विभिन्न स्थानमा रहेका गुम्बाका लामा गुरु तथा सरोकारवालासँग छलफल गरेको छ । तिबेत होटलमा आयोजित छलफल कार्यक्रममा विभिन्न गुम्बाका करिब २ दर्जन प्रतिनिधि सहभागि थिए । छलफलका सहभागिहरुले गुम्बा निर्माणसँगै पछिल्लो समय बौद्ध धर्म र दर्शनको परम्परागत अभ्यासलाई नयाँ पूस्तामा लैजान चूनौतिको सामना गर्नु परिरहेको बताए । आधुनिकताको नाममा परम्परागत संस्कार बिर्सदै जाने परिपाटीले पछिल्लो समय बौद्ध शिक्षा अध्ययन गर्नेको संख्या निकै कमी भइरहेको उनीहरुको गुनासो थियो ।…
Read MoreCategory: Featured
६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
शनिबार २५६३ औं बुद्ध जयन्ती, बौद्धधर्मावलम्बीसहित देशभरका अन्य धर्मावलम्बीले पनि धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन् । सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो । तर सुर्खेतमै एउटा बुद्ध मुर्ति भने विगत ६ वर्षदेखि प्रहरी कार्यालयमै रहेको छ । बौद्ध धर्मावलम्बीले सुर्खेतमा प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो । बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी…
Read Moreचारुमतीमा बुद्ध जयन्ती (फोटो फिचर)
२५६३ औँ बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा पनि विशेष कार्यक्रम गरियो । शनिबार दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रममा विश्व शान्तिको कामना गर्दै बुद्ध पूजा गरिएको थियो । कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बौद्ध धर्म र बुद्धका उपदेशको महत्व उल्लेख गर्दै प्रवचन दिनुभएको थियो । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा शान्ति यात्राका साथै चारुमती ज्ञानमाला संघले बुद्ध भजन प्रस्तुत गरेको थियो ।
Read More२५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो
२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको बौद्धमा पनि विभिन्न कार्यक्रमको गरिएको छ । बौद्ध धर्मावलम्वीले विशेष पूजापाठ, सांस्कृतिक झाँकी तथा र्याली गरेर बुद्ध जयन्ती मनाएका छन् । बौद्धमार्गी शेर्पा, तामाङ, गुरुङ तथा ह्योल्मो लगायतका समुदायका धर्मावलम्बी विहानैदेखि बौद्ध, चावहिल लगायतका स्थानमा रहेका स्तुपमा र्याली सहित पुगेका थिए । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।…
Read More२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै
२५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन…
Read Moreपूर्वमन्त्री दहित बने भिक्षु
अन्य दिनभन्दा फरक थिए । कपाल काटे । दारी खौरिए । थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गरे । कोठामा गएर बाहिर निस्किँदा उनी पहेंलो वस्त्रमा थिए । गृहस्थ जीवन त्यागेर भिक्षु बने । उनी थिए– पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित । उनीजस्तै ६० थारू समुदायका व्यक्ति सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन् । प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो । उनीहरू शनिबारबाट प्रवज्या लिइरहेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीस्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा तीनदिने कार्यक्रम आयोजना गरिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ ।…
Read MoreNamo Buddha, one of the most sacred Buddhist site
Namo Buddha a magnificent Buddhist monastery lies 38 km east of Kathmandu with 1,750 meters. Namo Buddha is one of the most important pilgrim sites in the valley, particularly for Mahayana Buddhists. In one of his previous lives as a prince, it was here that the Buddha gave up his body out of compassion for a starving tigress and her cubs. It has a fantastic story concerned with the Buddha which is commemorated by an ancient stone slab and a Stupa with the all-seeing eyes of Lord Buddha. his holy…
Read MoreSwayambhunath Stupa
The Swayambhunath Stupa is one of the crowning glories of Kathmandu Valley architecture. This perfectly proportioned monument rises through a whitewashed dome to a gilded spire, from where four iconic faces of the Buddha stare out across the valley in the cardinal directions. The site was shaken severely by the 2015 earthquake, but the main stupa sustained only superficial damage. The entire structure of the stupa is deeply symbolic: the white dome represents the earth, while the 13-tiered, tower-like structure at the top symbolises the 13 stages to nirvana.…
Read Moreगौतम बुद्धका केही उपदेश, जसले जीवनको दृष्टिकोण नै बदल्न सक्छ
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले बुद्धलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । त्यस्तै उपदेशमध्ये यी केहि उपदेश हुन् जसले तपाई हाम्रो दृष्टिकोण नै फेरिदिनेछन्। १. सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन । २. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा…
Read Moreसफलताका ५ सुत्र
बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ” यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति । १ – चीरकाल भावना – कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ…
Read More