सफलताका ५ सुत्र

बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ”
यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ

हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना  प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले  आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति ।

१ – चीरकाल भावना –
कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो
गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ बिस्तृतमा भन्नुपर्दा कति  सज्जनहरु अतीतमा अभ्यस्त भैसकेको हुनाले त्यो अतितको पारमिताले अलि शीघ्र पारंगत हुन्छन् र सफलता हासिल गर्दछन् त्यस्ता मसिना कुरा
पनि बुझेर सफलता चाहनेले आफूले आरम्भ गरेको कार्यमा समय दियेर प्रयास गर्नुपर्दछ । त्यस् परिपार्टिलाई ” चीर काल भावना भनिन्छ ” ।

२ – निरन्तर भावना –
जुनै काममा सफलता पाउन त्यो कार्य सफल नभएसम्म दृढता साथ सधैं त्यो कार्यमा ध्यान दिनुपर्दछ । अन्यथा आज गरो भोलि छाडो अनि पर्सि पुन गरेझैं गरो त्यसरी सफल हुँदैन । कतिपय मानिसहरुको चीरकाल लगन
नहुनाको कारण कुनैपनि कार्य जीवनमा सफल नभएको देखिन्छ । कार्यहरु सफल नभएसम्म लागू पर्नुपर्दछ । त्यसैलाई ” निरन्तर भावना भनिन्छ “।

३ – निरवशेष भावना –
यो बिधि निकै महत्वपूर्णछ । निरवशेषको अर्थ कुनैपनि कार्यगर्दा त्यस्को कुनै प्रकारको प्रयासमा र बिधि बिधानमा कमिकमजोरी हुन नदिईकन  बिधिपूर्ण रुपले कार्य सुचारु गर्नुपर्दछ । आवश्यक प्रबिधिहरुकोपनि आवश्यकता अनुसार प्रयोग गर्नुपर्दछ । यस लाई ” निरवशेष भावना भन्छ ”

४ – सक्कच्च भावना –

यो सक्कच्च भावना गौरव धर्मपनिहो । आफ्नु कार्यमा गौरव वा आदरार्थी भाव हुनुपर्दछ । लापरवाहीपन पटक्कै हुनुहुँदैन । लापरवाही भावना राखेर कुनै कार्यमा सफलता हासिल गर्न सम्भव हुँदैन ।
कार्यप्रति बिनम्रता वा आदरार्थी भावलाईनै ” सक्कच्च भावना भनिएकोहो ” ।

५ – अभिरति भावना –

कार्यगर्दा कुनैपनि आरम्भ गरेको कार्यमा अभिरुचि वा हर्षपूर्ण भावना हुन नितान्त आवश्यक पर्दछ । अभिरुचि नभएसम्म कुनै कार्यगर्न सहज र सरल हुन सक्दैन । एउटा बोझको भान हुन्छ कर्ममा जुन  हुनुपर्ने स्फूर्ति हुँदैन र माथि प्रस्तुत भावनाहरु बन्न सक्दैनन् । त्यसैले जीवनमा जुन कार्य गर्नुपरेतापनि त्यस्मा हुनुपर्ने प्रफुल्ल भावहो ” अभिरति भावना ” ।

ई पाँच प्रकारका भावनाहरु मानिसले सफलताकालागि अपनाउने भावना हुन् भनी गौतम बुद्ध बडो उपकारी भावनाले सम्पूर्ण मानिसलाई शिक्षादिनुहुन्छ ।

बिज्ञहरु ..! बुद्ध शिक्षाहरुलाई कतैबाट कसैको भनाई नलिई मैले आफ्नै  प्रकारले सबैका हितकालागि अर्थ प्रस्तुत गरेको मात्र हो । त्रुटि देखेमा बिज्ञहरुले सच्याईदिन सनम्र अनुरोध गर्दै …..
योगराज दाहाल, म्यानमार

 

Share

Related posts