बौद्ध शिक्षा र भिक्षुको कथा उत्कृष्ट

इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल (निफ) मा फिल्म ‘सुपर मंक’ र डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएका छन् ।
अन्तराल बाँकेले नेपालगन्जमा गरेको दुईदिने फेस्टिभलमा २१ फिल्म एवं डकुमेन्ट्री प्रदर्शन भएका थिए ।  शनिबार फेस्टिभलको अन्तिम दिन उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरिएको हो । ‘सुपर मंक’ का निर्देशक सेनाङ ग्याम्जो तामाङले अवार्डसँगै १० हजार रुपैयाँ र ‘मरिसकेको मान्छे’ डकुमेन्ट्रीका निर्देशकद्वय विद्या चापागाईं र कमल कुमारले संयुक्त रूपमा १० हजार रुपैयाँ पाए ।

‘सुपर मंक’ मा द्वन्द्व र करुणाको कथा समेटिएको छ। सशस्त्र द्वन्द्वको बेला एउटा भिक्षुले करुणा राखेकै कारण कसरी ज्यान बच्छ भन्ने सन्दर्भ समेटिएको फिल्ममा दुई बालकबीचको मार्मिक र साहसिक मित्रताको चित्रण समेत गरिएको छ ।

Share

Related posts