न्युयोर्कमा ४ दिने वज्रगुरु मन्त्र जप सम्पन्न

शेर्पा किदुग अमेरिकाद्वारा न्युयोर्क स्थित आफ्नै भवनमा आयोजित विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धि र पर्यावरणीय स्थिरताको लागि आयोजित चार दिने वज्रगुरु मन्त्र जप आइतबार सम्पन्न भएको छ । वज्रगुरु मन्त्र जप महागुरु पद्मसंभवको पुण्यतिथि टेल्दा छेचु (पाँचौं महिना)को दशमीको पावन अवसरमा आयोजना गरिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउनु भएको थियो ।

वज्रगुरु मन्त्र गुरु पद्मसंभवको हृदयमन्त्र हो । नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया लगायतका हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको ’boutमा भगवान गौतम बुद्ध स्वयंले आफ्नो जीवनको अन्तिम समयमा भविष्यवाणी गर्नुभएको थियो ।

भगवान बुद्धले परिनिर्वाण सुत्रमा भन्नु भएको छ – “निकट भविष्यमा म ध्यानकोष नामक तालको बिचमा कमलको फूलबाट निर्माण कार्यको रुपमा पुनर्जन्म लिने छु, उक्त निर्माणकार्य म भन्दा धेरै शक्तिशाली हुनेछ । त्यति बेला म गुह्यमन्त्रको धर्म देशना गर्ने छु ।”

सोही भविष्यवाणी अनुसार आठौँ शताब्दीताका वर्तमान अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने उड्डियानको ध्यानकोष तालको बीचमा चमत्कारिक कमलको फूलबाट गुरु पद्मसंभवको जन्म भयो । पछि वहाँले वज्रयानतन्त्रको धर्म देशना गर्नुभयो, जुन आज संसारभर फैलिएको छ । उनै गुरु पद्मसंभवलाई आव्हान गरी जपिने वज्रगुरु मन्त्रको महिमा अपरम्पार छ ।

वज्रगुरुको जप ध्यान गर्दा हुने फाईदाहरु ग्रन्थमा यस प्रकारले उल्लेख गरिएको छः स्वच्छ बोधिचित्त उत्पन्न गरी यो मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने छन् । जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुनेछ । समाजमा सुब्यवस्था कायम हुनेछ । रोग र भोखमरी हट्ने छन् । झैझगडा र कलहहरु शान्त हुने छन् । युद्धहरुमा बिराम लाग्नेछन् । विश्वमा दिगो शान्ति र अमन चयन कायम हुनेछन् ।

वज्रगुरु जप जुलाई ११ देखि शुरु भएको थियो । य ऐतिहासिक कार्यक्रममा दैनिक ४० जना जति लामा गुरुहरु र औसत ५०० जति शान्ति प्रेमी भक्तजन हरुले सामुहिक रुपमा मन्त्र जप गर्दै आईरहेका थिए।
(स्रोतः शेर्पा किदुग अमेरिका)

Share

Related posts