बुद्धले पहिलोपटक उपदेश दिएको दिनमा स्मरणमा मनाइयो धर्मचक्र प्रवर्तन दिवस

गुरुपूर्णिमाको अवसरमा बौद्ध धर्मावलम्बीहरुले धर्मचक्र प्रवर्तन दिवस मनाएका छन् । बुद्धत्व प्राप्त गरिसकेपछि भगवान बुद्धले आजकै दिन पहिलोपटक पाँचजना ब्राह्मणलाई धर्म उपदेश दिएका थिए ।

सारनाथको मृगमदासन वनमा बुद्धले कोन्डय, भप, भदिय, महानाम र असजी ब्राह्मणहरुलाई चतुर्आर्य सत्यसम्बन्धी उपदेश दिएका थिए ।

आजको दिन विभिन्न बौद्ध देशहरुमा बुद्धपूजा गरी धर्म उपदेश दिने परम्परा पनि रहेको छ ।

नेपालका विभिन्न बौद्ध विहारहरुमा समेत बौद्ध पाठसहित धर्मचक्र प्रवर्तन दिवस मनाइएको छ ।

Share

Related posts