न्यूयोर्कमा सुरु भयो वज्रगुरु मन्त्र जप

शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलो पटक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना गरेको वज्रगुरु मन्त्र जप सुरु भएको छ । किदुगको आफ्नै गुम्बामा ११ जुलाईदेखि वज्रगुरु मन्त्र जप सुरु भएको हो । अमेरिकामै पहिलोपटक आयोजना भएको उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा भुटानबाट धर्म गुरु नाम्खी ङिङपो रिन्पोछे उपस्थित हुनु भएको छ ।

गुरु पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाचौं महिना) दशमीको अवसर पारेर विहिबारदेखि सुरु भएको बज्रगुरु जप आइतबारसम्म जारी रहनेछ । कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र जप गर्ने शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले बताए ।

कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न एक समारोह समिति गठन गरिएको थियो । ७ सदस्यीय समितिमा पासाङ दिकी शेर्पा, ङवाङ थम्जेन शेर्पा, दावा जाङ्बु शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा, छिरिङ् टाशी शेर्पा, याङ्डी शेर्पा र ग्याल्जेन शेर्पा रहेका छन । कार्यक्रममा हिमालयन बुद्धिस्ट कम्युनिटीसंग आवद्ध लामा गुरुज्युहरु समेत उपस्थिति भएका छन् ।

वज्रगुरुको मन्त्र जप गरेमा विश्वमा शान्ति छाउने, सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने, जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुने धार्मिक विश्वास गरिन्छ ।

Share

Related posts