कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । कोरोना भाइरस विश्वव्यापी समस्या बनिरहेको भन्दै बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह गर्दै भिक्षु महासंघले यस्तो आग्रह गरेको हो । महासंघले सरकारले कोरोना सर्तकताका लागि दिएको निर्देशन पालन गर्न आम बौद्धमार्गीसहित सबै नेपालीलाई आग्रह समेत गरेको छ । ‘सरकारको पूर्वतयारीलाई सबैले साथ समेत महासंघले अपिल गरेको छ । महासंघले प्रतिकुल परिस्थितिमा उच्च सतर्कता आवश्यक रहुन्जेल सम्बद्ध विहार, दैनिक ध्यानसभा, बुद्धपुजा, परित्राणपाठ वा नित्यपूजा बाहेक भीडभाड हुने कुनैपनि पूजा आयोजना नगर्न अपिल गरेको हो ।
Read MoreCategory: Featured
बुद्धजयन्ती तथा तेस्रो बौद्ध सम्मेलन मनाउन विभिन्न समिति
दुई हजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तराष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको छ । लुम्बिनी विकास कोषको कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, प्रदेश समन्वय उपसमिति संयोजकमा प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं ५, वृक्षरोपण तथा सरसफाइ उपसमितिका संयोजकमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी चयन भए…
Read Moreफर्पिङमा चैत २५ देखि हुने वाङ स्थगित
परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट आयोजना हुने कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) स्थगित गरिएको छ । पछिल्लो समय देखिएको कोरोना भाइरसको संक्रमणका कारण धेरै मानिसको जमघट हुने किशिमका कार्यक्रम तथा सभाहरु गर्न जोखिम देखिएपछि वाङ स्थगित गरिएको छ ।
Read Moreजसले २५ वर्षदेखि बुद्धको मात्रै मूर्ति बनाए
नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी । बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्य चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त थिए । उनले शुरुदेखि नै गौतम बुद्ध र बुद्धसँग सम्बन्धित अन्य मूर्ति निर्माण गर्दै आएका छन् । उनी जहाँ जान्छन् बुद्धकै मूर्ति कुँद्छन् । तर थोरै फरक शैलीमा केही कलात्मक मिश्रण गरेर ।…
Read Moreचैत २५ देखि १५ दिनसम्म फर्पिङमा वाङ (अभिषेक) हुने
परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) आयोजना हुने भएको छ । आगामी चैत २५ देखि वैशान ९ गतेसम्म फर्पिङस्थित वायुल याङ्लेस्योय वाल स्हावसाङ मिग्यूर देछेनलिङमा उक्त वाङ हुन लागेको हो । वाङमा भाग लिन चाहने लामा, टुल्कु, खेन्पो, लोपोन र भक्तजनले फागुन २१ भित्र आफ्नो नाम र ठेगाना सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । वाङमा भाग लिन चाहनेले यसमा सम्पर्क गर्न सकिने छ । रिग्जिन कोदाङ गुम्बा फर्पिङ, काठमाडौँ सम्पर्क नंः ९८८५११८०८७ ९८८०८७८२७७
Read Moreपाँच वर्षपछि मात्रै देख्न पाइने दिपंकर बुद्ध सम्यक महादान सम्पन्न
प्रत्येक पाँच वर्षको फरकमा ललितपुरमा हुने दिपंकर बुद्ध सम्यक महादान बिहिबार सम्पन्न भएको छ । पाँच-पाँच वर्षमा एक पटक गरिने सयौं बुद्ध र दिपंकर बोधिसत्वका प्रतिमाहरु सहभागि गराइदै मनाइने सम्यक महादान हिजो बुधबारदेखि सुरु भएको थियो । सम्यक महादान हेर्न हजारौ सर्वसाधारण भेला भएका थिए । यस वर्ष पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ सय २६ बुद्धहरु एकै ठाउँमा भेला गरिएको थियो । नेवार-बौद्ध परम्पराअनुसार यस पर्वमा शाक्य तथा बज्राचार्य भिक्षुहरूलाई दान दिने गरिन्छ । त्यस्तै दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा, आर्यतारालगायतलाई पनि दान दिइन्छ । धर्मवालम्बीहरूले दानमा सहभागिता जनाउनुलाई नै…
Read Moreविश्वकै सबैभन्दा धेरै बुद्ध मूर्ति प्रदर्शनी हुने सम्यक महादान सुरु
सात सय वर्षदेखि सुरु हुँदै आएको काठमाडौँ उपत्यकाका बौद्धमार्गीहरुको महान उत्सव सम्यक पर्व सुरु भएको छ । फागुन १४ गते बुधबारदेखि सुरु भएको सम्यक पर्व प्रत्येक ५ वर्षमा आयोजना हुँदै आएको छ । सम्यक पर्वमा नेवार बौद्ध परम्परा अनुसार शाक्य तथा वज्राचार्य भिक्षु एवम् काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभार लगायत स्थानबाट बुद्ध, दीपंकर बोधिसत्व, अवलोकितेश्वर, बसुन्धरा देवी, आर्य तारा लगायतका देवीदेवताका प्रतिमा ललितपुरको नागवहालमा ल्याएर पूजाआजा एवम् दान दिने परम्परा रहि आएको । यो पर्वमा सयौँको संख्यामा बुद्ध प्रतिमाहरु एकैस्थानमा ल्याई पूजाआजा गर्ने प्रचलन छ । सम्यकको पहिलो दिन बुधबार बेलुकी…
Read Moreबुद्धजयन्ती विशेषः नेपाल बुद्धिष्ट न्यूजको आयोजनामा राष्ट्रिय निवन्ध प्रतियोगिता आयोजना हुँदै
बौद्ध धर्म र दर्शन सम्बन्धी विविध गतिविधिलाई समाचार तथा बौद्ध दर्शनको अनलाईनमार्फत शिक्षा प्रवाह गर्ने उद्देश्यले सञ्चालित नेपाल बुद्धिष्ट न्यूजले निवन्ध प्रतियोगिता गर्ने भएको छ । आउँदै गरेको २५६४ औँ बुद्ध जयन्तीको अवसर पारेर गर्न लागिएको प्रतियोगिताको शीर्षक बौद्ध धर्ममा करुणाको स्थान रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि यसै शीर्षकको भाव अनुसारको निवन्ध लेखेर पठाउनु पर्नेछ । निवन्ध प्रतियोगितामा भाग लिनका लागि वैशाख १० गतेभित्र आफुले लेखेको निवन्ध नेपाल बुद्धिष्ट न्यूजको इमेलमा पठाउनु पर्नेछ । प्रतियोगिता सम्बन्धी थप जानकारी निवन्धको शीर्षकः बौद्ध धर्ममा करुणाको स्थान निवन्ध पठाउने अन्तिम मितिः…
Read Moreश्याल्पा तेन्जिन रिम्पोछेको जन्मोत्सवमा प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन
सोमबार काठमाडौँको कपनमा श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लेखिएको पुस्तक प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन सार्वजनिक गरिएको छ । रिन्पोछेको जन्मोत्सव तथा ग्लाल्पो ल्होसारको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन गत वर्ष फागुनमा अंग्रेजीमा प्रकाशित लिभिंग फुल्लीः फाइण्डिंग जोय इन एभ्री ब्रेथको नेपाली अनुवाद हो । करिब ४ दशकदेखि बौद्ध ज्ञान र दर्शनमा अभ्यस्त रहँदै आएका रिम्पोछेले आफ्नो ज्ञान तथा अनुभवलाई उक्त पुस्तकमा उतारेका छन् । कपन गुम्बामा आयोजित पुस्तक सार्वजनिक तथा रिम्पोछेको जन्मोत्सव कार्यक्रममा लामा, शुभेच्छुक, अनुयायी तथा सञ्चारकर्मी लगायत उपस्थित थिए । रिन्पोछेले…
Read Moreबौद्ध धर्मका कृति वेभसाइटमा
नेपालको स्थविरवाद बुद्धधर्ममा अहिलेसम्म प्रकाशित कृतिहरु अब वेबसाईटबाटै पढ्ने व्यवस्था मिलाइएको छ । भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेपछि वेभसाइटबाटै स्थविरवाद बुद्धधर्मको कृति पढ्न पाइने भएको हो । स्थविरवाद बुद्धधर्मको पुनःजागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु पढ्न नया“ पुस्ताका लागि सहज बनेको संयोजक भिक्षुले बताए । गत शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहका बीच सो वेभसाईटको शुभारम्भ गरिएको थियो । सो अवसरमा सम्बद्ध वक्ताहरुले इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै स्थानबाट बसेर बुद्ध धर्म सम्बन्धी किताब पढ्न सकिने अवस्थाले बुद्ध धर्मको विकासमा महत्वपूर्ण टेवा पुर्याउने…
Read More


