कोरोना कहरः सामूहिक पूजापाठ नगर्न भिक्षु महासंघको अपिल

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । कोरोना भाइरस विश्वव्यापी समस्या बनिरहेको भन्दै बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह गर्दै भिक्षु महासंघले यस्तो आग्रह गरेको हो ।

महासंघले सरकारले कोरोना सर्तकताका लागि दिएको निर्देशन पालन गर्न आम बौद्धमार्गीसहित सबै नेपालीलाई आग्रह समेत गरेको छ । ‘सरकारको पूर्वतयारीलाई सबैले साथ समेत महासंघले अपिल गरेको छ ।

महासंघले प्रतिकुल परिस्थितिमा उच्च सतर्कता आवश्यक रहुन्जेल सम्बद्ध विहार, दैनिक ध्यानसभा, बुद्धपुजा, परित्राणपाठ वा नित्यपूजा बाहेक भीडभाड हुने कुनैपनि पूजा आयोजना नगर्न अपिल गरेको हो ।

Share

Related posts