सोलुखुम्बुमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युव छ्योर्तेन) निर्माण (फोटो फिचर)

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । गाउँपालिकाको वार्ड नं १ को खिरौलेगाउँमा उक्त बोधिचैत्य गत माघमा निर्माण सम्पन्न भएको हो । स्थानीबासीको सक्रियतामा निर्मित बोधिचैत्य ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । बोधिचैत्यको निर्माणसँगै उक्त स्थान जिल्लाकै महत्वपुर्ण धार्मिक क्षेत्र र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयले विश्वास गरेका छन् । फोटो सौजन्यः आचार्य सार्की शेर्पा

Share

Related posts