नेपाल बौद्ध संघले बौद्ध शिक्षाको अध्ययन गरिरहेका पाटन बहुमुखी क्याम्पसका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आइतबार ललितपुरमा आयोजित छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक सर्वेन्द्र ठाकुरले बुद्ध शिक्षाको प्रवद्र्धनका लागी छात्रवृत्ति प्रदान गर्न पाउँदा संघले नै गौरव महशुष गरेको बताए । कर्यक्रममा बोल्दै उनले आगामी वर्षहरुमा पनि क्रमैसँग १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्घोष गरे । छात्रवृत्ति पाटन क्याम्पसमा मात्रै सिमित नहुने पनि संघका कार्यकारी निर्देशक ठाकुरले बताए । आगामी वर्ष अन्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने योजना संघको रहेको ठाकुरको भनाई छ…
Read MoreCategory: Featured
लुम्बिनीमा बौद्ध सम्मेलन गर्ने भएपछि पर्यटनको विकास हुने सम्भावना
सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ । “बौद्ध सम्मेलनले अन्तर्रा्ष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ”– लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताएका छन् । सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्दै…
Read Moreगौरीशंकरको मार्बुमा दीर्घायू अभिषेक (वाङ) हुने
गौरीशंकर गाउँपालिका वडा नं. ७ स्थित मार्बु गाउँमा दीर्घायू अभिषेक (वाङ) तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । च्याग फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा गरिन लागिएको उक्त दीर्घायू अभिषेक फागुन १४ गते हुँदैछ । अभिषेकका तथा प्रवचनका लागि सिक्किमबाट टुल्कु छिरिङ दोर्जे रिन्पोछे उपस्थित हुने गौरीशंकर गाउँपालिका वडा नं. ७ का अध्यक्ष आङ दोर्जे शेर्पाले बताए । कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष तथा धर्मगुरु आचार्य नुर्बु शेर्पा खेन्पो पेम छिरी शेर्पा पनि सहभागि हुने अध्यक्ष शेर्पाले जानकारी दिए । वाङ कार्यक्रममा विहान ८ देखि १२ बजेसम्म…
Read Moreकोरोना भाइरसबाट मृत्यु भएकाको स्मृतिमा हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन
चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो । दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए । नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको…
Read Moreझापाको काकडभिट्टामा वज्रगुरु जप सुरु
बौद्ध धर्मको प्रवद्र्धन तथा विश्व शान्ति एवम् देशमा दिगो शान्तिको कामना गर्दै झापाको काकडभिट्टामा वज्रगुरु जप (सिद्धि दुङ्ड्रुब पूजा) आयोजना भइरहेको छ । हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्वारा आयोजना भइरहेको पूजा फागुन १ गतेदेखि सुरु भएको हो । परम पुजनीय धर्मगुरु खेन्छेन नम्ड्रोल छिरिङ रिन्पोछे ज्यूको नेत्तृत्वमा भइरहेको वज्रगुरु जप फागुन ६ गते समापन हुने आयोजकले जानकारी दिएको छ । तस्विरः हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको फेसबुक पेजबाट
Read Moreविश्व शान्तिको कामना गर्दै हिडेका थाई भिक्षुलाई चारुमतीमा स्वागत
विश्व शान्तिको कामना गर्दै बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका थाइल्याण्डका ४५ भिक्षुलाई चावहिलस्थित चारुमती विहारमा स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिइएको छ । लुम्बिनीतर्फ हिडेका थाइल्याण्डका भिक्षुहरुलाई चारुमती बुद्ध विहारका प्रमुख तपस्सी धम्मले स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिएका थिए । भिक्षुहरुको समूहले स्वयम्भूदेखि लुम्बिनीसम्मको ३ सय ३० किलोमीटर दूरी पैदल यात्राबाटै पार गर्नेछन् । भिक्षुहरुले यो दूरी २८ दिनभित्र सकाउने छन् । स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि ३५ किलोमीटर पैदल यात्रा गर्ने योजना बनाएका छन् । भिक्षुहरुको पैदल यात्रा फागुन…
Read Moreविश्व शान्तिको कामना गर्दै स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा भिक्षुहरु
विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले बिहिबारदेखि अन्तराष्ट्रिय शान्ति पैदल यात्रा सुरु गरेका छन् । बिहान काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी महाविहारबाट भिक्षुहरु पैदल यात्रामा निस्किएका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म आयोजना भएको पैदल यात्रामा करिब ६० जना भिक्षुहरु सहभागि छन् । अधिकांश बौद्ध भिक्षुहरु थाइल्यान्डका धुताङ्गधारी भिक्षु छन् । उनीहरुले दैनिक २५ देखि ३५ किलोमिटर हिँड्ने लक्ष्य लिएको बताए । पैदल यात्रासँगै भिक्षुहरुले शान्ति दीप पनि सँगै लगेका छन् । रातिको समयमा बास बस्ने स्थानमा भिक्षुहरुले शान्ति दीप प्रज्जवलन गर्नेछन् । भिक्षुहरुको पैदल…
Read Moreभूकम्पले भत्काएको ‘हाम्रो गुम्बा कहिले बन्छ ?’
काभ्रेको टनचोकका रामबहादुर तामाङले गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । सधैँ बिहान र बेलुका लामाको बाजागाजासहित मोलमपाठ गरेर पूजा गर्ने उनी हिजोआज पहिलाको गुम्बाको भवन नजिकै बनाएको टहराभित्र गर्दै पूजा आएका छन् । “भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई तीव्रता नदिँदा भूकम्पले क्षतिग्रस्त बनाएको गुम्बा पुनःनिर्माण हुन सकेको छैन । “आफैँले बनाउन पैसा छैन, बनाएन भने पूजापाठ गर्ने ठाउँ नै छैन”, गुम्बाका प्रमुख लामा रामबहादुरले भने, “के गर्ने भन्नेमा कुनै सोच बनाउन सकेको छैन ।” बनेपा नगरपालिका–३ टनचोकमा रहेको पेमा…
Read Moreपाटन दरबार क्षेत्रमा आर्यतारा पूजा
ललितपुरको ऐतिहासिक दरबार क्षेत्रमा बिहिबार आर्य तारा पूजा आयोजना गरिएको छ । पूजाको आयोजना काठमाडौँ निवासी सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनले गरेका हुन् । पूजामा ७ सय ५० भन्दा बढि सहभागि भएका छन् । बौद्ध धर्ममा विशेष महत्व राख्ने आर्य पूजाले भइरहेको स्थान पाटन दरबार परिसरमा भ्रमणम आउनेहरुलाई समेत आकर्षित गरेको छ । पूजा व्यवस्थापन समितिका अध्यक्ष शान्तराज महर्जनका अनुसार विभिन्न १२ पवित्र स्थलमा पूजा सञ्चालन हुँदै आएको छ । सोही क्रममा ११ औँ स्थानको पूजा पाटन दरबार परिसरमा भएको हो । १२ औं तथा अन्तिम पूजा काठमाडौको…
Read Moreस्पेनमा ४० मीटरको बुद्ध मूर्ति बनाइने
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सहकार्यमा स्पेनको कासेर्स शहरमा बुद्ध मूर्ति बनाइने भएको छ । त्यहाँ रहेको बौद्ध कम्प्लेक्समा विश्व शान्तिका लागि विशाल बुद्ध मूर्ति बनाइन लागिएको हो । उक्त बुद्ध कम्प्लेक्समा नीजि स्वामित्वमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनले बगैचा, बुद्ध विहार, स्तुप, पूस्तकालय, बुद्धको अवशेष, २० भिक्षुका लागि आवास समेत निर्माण गर्नेछ । कम्प्लेक्सकै आकर्षणको रुपमा रहने बुद्धको मूर्ति ४० मीटर उचाईको बनाइनेछ । गत जनवरीमा कासेरेस शहर र लुम्बिनीका मेयरबीच दुवै शहरबीच मूर्ति बनाउने विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको थियो । यो योजनाको घोषणा स्पेनको राजधानी मड्रिडमा २०२० जनवरी…
Read More