बौद्ध झ्यारुङ खस्योर छ्योर्तेन रिन्पोछेको प्राङ्गणमा ल्होसारको अवसर पारेर ३ दिन सम्म डोल्मा ह्युल्दोग (२१ तारादेवी) को पुजा कार्यक्रम हुने भएको छ । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनामा विश्व शान्ति तथा समस्त जगत प्राणीहरुको कल्याण, हितको प्रार्थना गर्दै पूजा गरिन लागिएको हो । तारादेवी पूजाले सम्पुर्ण मानवमा आईपर्ने रोगब्याधी तथा बिघ्न बाधा, अड्चनहरुबाट मुक्ति हुने, सोचेको कार्य पुरा हुने, साथै ब्यापार ब्यवसाय राम्रो हुने धार्मिक विश्वास रहँदै आएको छ ।सेचेन गुम्बाका टुल्कु ग्यूर्मे कुन्साङ र सस्थाका प्रमुख लामा गुरु ङक्पा पेमा ह्रङ्डोलको उपस्थितिमा डोल्मो ह्युल्दोग (२१ तारादेवी)को पूजा…
Read MoreCategory: Featured
नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव मनाइयो
श्रद्धेय धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गर्नु भएको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ । चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मको प्रमुख आतिथ्यता र संघका संस्थापक अध्यक्ष छोग्याल रिन्पोछेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु, आनी सहित बिआइए फाउण्डेसनमा आश्रय लिइरहेका सयभन्दा बढि शारिरिक अशक्त सहभागि थिए । सानैदेखि विभिन्न परोपकारी काम गर्दै आउनु भएका छोग्याल रिन्पोछेले २०१७ सालको भूकम्प पछि क्षति पुगेका गुम्बाहरुको पुर्ननिर्माणका लागि संघको स्थापना गर्न भएको हो । स्थापनाकालदेखि नै संघले विभिन्न परोपकारी कार्यसहित बौद्ध धर्मको संरक्षण र…
Read Moreगौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
गौतम बुद्धको जन्मस्थल लुम्बिनी वरपर ठूलो सहर बसाउने योजना सरकारले अगाडि बढाएपछि जनस्तरमा त्यसको विरोध भएको छ। सरकारले विस्तृत योजना सार्वजनिक नगरेको भए पनि लुम्बिनीलाई केन्द्रमा राखी सुरुमा चार किलोमिटर क्षेत्रमा व्यवस्थित सहर बसाल्ने लुम्बिनी विकास कोषका अधिकारीहरूको भनाई छ । सरकारले काम सुरु गर्न लागेको भन्दै स्थानीय बासिन्दालाई सहयोग गर्न यसै साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टोलीले आग्रह गरेको थियो। तर स्थानीय बासिन्दाहरुले उक्त योजनाप्रति आपत्ति जनाएका थिए । लुम्बिनी क्षेत्रका प्रदेश सांसद फखरुद्दीन खानका अनुसार सरकारले एकतर्फी रूपमा काम अगाडि बढाएको भन्दै सर्वसाधारण आक्रोशित…
Read Moreत्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा
काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तराष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि शनिबार साइकल यात्रा गरिएको छ । चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर चारुमती विहारमै फर्किएको छ । चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले शुभारम्भ गरेका थिए । सो अवसरमा थापाले समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको बताए । चारुमती विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको सरक्षणमा आफू क्रियाशील रहने प्रतिबद्धता उनले व्यक्त गरे ।…
Read Moreसोलखुम्बुको महाकुलुङमा चैत्य स्थापना, धार्मिक पर्यटनको वृद्धि हुने विश्वास
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १, खिरौलेगाउँमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । स्थानीयबासीको सकृयतामा ५५ लाख रुपैयाँको लागतमा उक्त चैत्यको निर्माण गरिएको हो । पर्यटकीय हिसाबले प्रवल सम्भावना बोकेको महाकुलुङ क्षेत्रमा धार्मिक दृष्टिकोणबाट पर्यटन प्रबर्द्धन गर्न स्थानीयबसीले आफ्नै पहलमा चैत्यको निर्माण गरेका हुन् । यस क्षेत्रमा रहेको २५ फिट अग्लो चैत्य भूकम्पले भत्काएपछि निर्माण हुन सकेको थिएन । लामो समयसम्म पुनःनिर्माण नभएपछि स्थानीयबासीको सकृयतामा चैत्य निर्माण गरेको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु लामाले बताए । चैत्यको उद्घाटन नेपाल बौद्ध ङिङमा संघका अध्यक्ष एवं सेन्टक टुल्कु…
Read Moreबृहत्तर लुम्बिनीको विकास हुन्छः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताए । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले यसको विकास सरकारको प्राथमिकतामा रहेको दावी गरे । “मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अब बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ”–मन्त्री भट्टराईले भने । लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ छ । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको…
Read Moreमृत्यूपछि के हुन्छ ? गौतम बुद्धको जवाफ यस्तो थियो
गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे । बुद्धलाई एक शिष्यले सोधेछन्( ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’ शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्( ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’ शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो,…
Read Moreबौद्ध धर्मावलम्बीका लागि किन विशेष र महत्वपुर्ण छन् यी ४ स्थान ?
गौतम बुद्धले करिब २६ सय वर्ष अघि प्राप्त गर्नु भएको ज्ञानको महत्व अहिले पनि उत्तिकै छ । अहिले विश्वका हरेक देशमा बुद्धको ज्ञान र सिद्धान्तको अनुशरण गर्नेको संख्यामा दिन प्रतिदिन बढिरहेको पाइन्छ । बुद्ध र बुद्धले दिएको ज्ञानको महत्व बढ्दै जाँदा बुद्धसँग सम्बन्धित स्थानहरुको पनि महत्व निकै नै छ । लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर गौतम बुद्धको प्रत्यक्ष जीवनकालसँग जोडिएका विशेष स्थान हुन् । यी चारवटै स्थानको बुद्धको जीवनमा विशेष महत्व रहेको छ । लुम्बिनी गौतम बुद्धले पहिलो आँखा उघारेको स्थान हो लुम्बिनी । लुम्बिनीमा शाक्य वंशमा राजकुमारको रुपमा गौतम बुद्धको…
Read More६० स्वदेशी तथा बिदेशी बौद्ध भिक्षुले काठमाडौँदेखि कपिलवस्तुसम्म शान्ति पैदल यात्रा’ गर्ने
विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई…
Read Moreएक योगीको अन्तरयात्रा
घनश्याम खड्का काठमाडौँ — यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् । हो, अपांगता भएका केही मानिस छन् बौद्धस्थित एउटा आश्रममा, जसलाई उनी नहुनाको समयले केही शून्य बनाउनेछ । बाँकी काठमाडौंलाई र यो भीडभाडपूर्ण सहरलाई यस विषयमा केही थाहै हुने छैन । यहाँलाई लाग्छ सक्छ, को कहाँ जाँदै छ ? कसको के कुरा हुँदै छ ? उत्तर म दिन्छु ।…
Read More