संसारमा सम्पुर्ण प्राणीहरु सुख चाहने र दु;ख नचाहने मात्र भएता पनि सुख साध्यको हेतु कुशल कर्म र दुःखको हेतु अकुशल कर्मद्वारा हुने कुरा अज्ञानवश नबुझेको कर्मफल र पुनर्जन्ममा विस्वास नभएको कारणले क्षणिक लाभको लागी राग, द्वेष र मोहवश प्राणी हिंसा गर्ने देखी लिएर बिभिन्न प्रकारका पाप कर्म गर्नाले जीवनमा चाहेको सुख र अनचाह दुःख सधै आई रहन्छ । त्यसैले यी बिभिन्न प्रकारका पाप कर्मबाट कसरी छुटकारा पाउन सकिन्छ त्यसको बिषयमा मार्ग निर्देसन गर्ने सही मार्ग दर्शक नै शाक्य मुनि बुद्ध भएकोले उहाँले देखाएका मार्गमा प्रबेश गर्नका लागी त्रिपिटकको अध्यान गर्दै…
Read MoreCategory: Featured
बुद्धमय बन्दै भैरहवा-लुम्बिनी सडक
गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिकाले जनाएको छ । यसअघि तिलोत्तमा नगरपालिकाले आफ्नो सिमाक्षेत्रमा पर्ने बेलहीया-बुटवल ६ लेन सडकको मुख्य डिभाईडरमा बुद्धमूर्ति राखिसकेको छ। सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने बेलहिया-बुटवल ६ लेन सडक डिभाईडरमा यसअघि नै बुद्धमूर्ति राखेकोमा अहिले डिभिजन पर्यटन कार्यालय भैरहवाले लुम्बिनी सडकको डिभाईडरमा मूर्ति राख्न शुरु गरेको हो। लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन पर्यटक…
Read Moreबौद्धमार्गीको सानो संसार
लक्ष्मण पोखरेल बुद्ध जन्मस्थल लुम्बिनीभित्र के छ ? धेरैले बुझ्छन्, मायादेवी मन्दिर र अशोक स्तम्भ। बर्सेनि करिब १५ लाखको संख्यामा लुम्बिनी पुग्नेमध्ये निकै कमलाई मात्रै थाहा छ, यो सानो बौद्ध विश्व अर्थात् मिनी बुद्धिस्ट वर्ल्ड नै हो। इसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधि (ज्ञान) प्राप्त गरे। उनले ज्ञान बाँड्दै ४५ वर्ष बिताए। कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, ‘जीवनमा एक पटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलो पटक ज्ञान बाँडेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नू। त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी…
Read Moreभिक्षु अमृतानन्दः बौद्ध धर्मका पूनर्जागरणकर्ता
गौतम बुद्धको जन्मथलो लुम्बिनी आधुनिक नेपालमै पर्छ भनेर अझै पनि राम्रोसँग प्रचार हुन पाएको छैन । त्यसैले बौद्धमार्गी देशहरूमै यसबारे भ्रम छ । गलत इतिहास प्रचार गर्न खोज्नेहरूको बिगबिगी उत्तिकै छ । २००७ सालतिर त स्थिति झन् कस्तो थियो होला ? २०१३ साल कात्तिक ३० गते सुरु भएको चौथो विश्व बौद्ध सम्मेलनको ठूलो महत्त्व छ, आधुनिक नेपाली बौद्ध इतिहासमा । त्यो पहिलो ठूलो अवसर थियो, जति बेला बुद्ध जन्मेको स्थान लुम्बिनी नेपाली भूभागमा पर्छ भनेर नेपालले प्रचार गर्न खोजेको थियो । काठमाडौंको टुँडिखेलमा आयोजना भएको त्यो सम्मेलन गर्न भिक्षु अमृतानन्दले सबैभन्दा बढी मिहिनेत गरेका थिए । २००७…
Read Moreबुद्धका १२ अनमोल वचनहरु
1.अतितलाई ध्यान नदिनु, भविष्यको बारेमा नसोच्नु र आफ्नो दिमागलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् । 2.जो कोही जानीजानी झुठ बोल्न लाज मान्दैन भने उसले कुनै पनि पाप गर्न सक्छ, त्यसैले आफुले हासी मजाक गर्दा पनि कहिल्यै झुट बोल्नुहुँदैन । 3.संसार एक हो धेरै होइन् । 4.सत्यवाणी अमृतवाणी हो, सत्यवाणी नै सनातन धर्म हो । सत्य, भलाई र सधर्ममा सदैव दृढ रहन्छ । 5.असत्यवादी र दुर्भावपुर्ण जो छन्, तिनीहरु नरकमा जान्छ्न् । 6.जसले जानीजानी झुट बोल्न लाज लाग्दैन् उसको भक्ति भाँडा जस्तो मात्र हो । 7.सभा वा परिषद्मा कसैसँग झुट नबोल्नुहोस् ।…
Read Moreविशाल बुद्ध मूर्ति बनाउँदै आएका ‘आधुनिक अरनिको’को निधन
नेपाली मूर्तिकलालाई अन्तर्राष्ट्रियरुपमा चिनाउँदै आएका मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ । शाक्यको ५५ वर्षको उमेरमा शनिवार ललितपुरको पुल्चोकस्थित सुमेरू सिटी अस्पतालमा निधन भएको हो । उनी वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए । उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात उनलाई वार्डमा सारिएको थियो। तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारको क्रममा उनको निधन भएको हो । धातुकलाको थ्वज्या माज्यामा निपूर्ण शाक्यले भुटानमा १३५ फिट अग्लो पद्मसंभवको मूर्ति (जमिनदेखि १५५ फिट) बनाएका थिए । पछिल्लो समयमा सुमेरु कलाग्रामका अध्यक्ष उनी विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो…
Read Moreसंसारको वास्तविकता बोध गरी सहि मार्गमा लाग्ने नै बुद्धः छोग्याल रिन्पोछे
छोग्याल रिन्पोछेले शनिवार जुममार्फत बौद्ध धर्म र दर्शनसम्बन्धी प्रवचन दिनु भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको सेसनमा विभिन्न भागबाट बौद्ध धर्म र दर्शनमा रुची राख्नेहरु सहभागि भएका थिए । कोरोना संक्रमणका कारण निषेधाज्ञा सुरु भएयता विभिन्न चरणमा जुमबाट विविध विषयमा प्रवचन दिदै आउनु भएका छोग्याल रिन्पोछेले यो पटक के एक जन्ममै बुद्ध बन्न सकिन्छ ? शीर्षकमा प्रवचलन दिनु भएको थियो । शनिवारको सेसनमा छोग्याल रिन्पोछेले संसारको वास्तविकतालाई बोध गरी सहि मार्गमा लागेका कारण नै शिद्धार्थ गौतमलाई बुद्ध भनिएको बताउनु भयो । बुद्ध हुनलाई महिला पुरुष वा कुनै जातको…
Read Moreकोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा-भिक्षु आनन्द
भिक्षु आनन्द मानव जीवनको पारिभाषा २१ औँ शताव्दीसम्म पुग्दा अति-व्यस्त, अति-धावनकारी जीवनशैली अपनाउने आर्थिक मानव, भौतिक मानव, व्यापारिक मानव, यान्त्रिक मानव हुँदै रोबोट मानवको रूपमा परिभाषित हुँदै गएको छ । मान्छेलाई मन र भावना भएको चेतनशील, संवेदनशील, पारिवारिक, सामाजिक, धार्मिक, संस्कृतिक, आध्यात्मिक प्राणीको रूपमा अर्थ्याउनुभन्दा भौतिक तथा यान्त्रिक मानवको रूपमा अर्थ्याउँदै आएको देखिन्छ । यस्तो अवस्थामा एउटै परिवारका सदस्यहरूबीच लामो समय संगै बस्न, भेटघाट गर्न, खान, बस्न, दुःख–सुख बुझ्न समेत आज मानिस बेफुर्सदिलो गरिदिएको छ किनभने विकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई भन्दा बाह्य भौतिक विकासलाई बढी महत्त्व र प्राथमिकता…
Read Moreनेपाल बौद्ध महासंघबाट शिक्षा मन्त्रीलाई ज्ञापन पत्र, गोन्पा शिक्षा सहज बनाउन माग
नेपाल बौद्ध महासंघले शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पन बुझाउँदै गोन्पाहरुमा दिइने शिक्षालाई सहज बनाउन माग गरेको छ । परम्परागत गोन्पा शिक्षालाई २०६५ सालदेखि राष्ट्रिय मापदण्ड अनुसार र औपचारिक शिक्षाको समकक्षी बनाउने मूल उद्देश्यका साथ नेपाल सरकारले परम्परागत धार्मिक गोन्पा शिक्षालाई मान्यता प्रदान गर्दै आएको छ । नेपाल सरकारबाट परम्परागत धार्मिक प्रकृतिका विद्यालयहरूलाई मान्यता प्रदान गरिएता पनि गोन्पा विद्यालयका मुख्य विषयका शिक्षकहरूका लागि छुट्टै नीतिगत व्यवस्था नहुँदा स्थानीय स्तरमा अन्य विषय सरह अध्यापन अनुमति पत्र अनिवार्य गराउने गरिएकोले गोन्पा विद्यालयहरूमा शिक्षक व्यवस्थापनमा विभिन्न समस्याहरू देखिएको गोन्पा…
Read Moreछोग्याल रिन्पोछेको शनिवार हुने जुम प्रवचन : के एक जन्ममै बुद्ध बन्न सकिन्छ ?
कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाका बीच छोग्याल रिन्पोछेले जुममार्फत् बौद्ध धर्म दर्शन र यसभित्रका जीवनपयोगी शिक्षा दिर्दै आइरहनु भएको छ । साप्ताहिकरुपमा हुँदै आएको जुमबाट हुने कार्यक्रमको आगामी श्रृंखला शनिवार हुँदैछ । शनिवार हुने जुम सेसनमा छोग्याल रिन्पोछेले ‘के एक जन्ममै बुद्ध बन्न सकिन्छ ?’ भन्ने विषयमा प्रवचन दिदै हुनुहुन्छ । जुम सेसनको आयोजना रेपा रिट्रिट र नेपाल बुद्धिष्ट एसोसियसनले गरेको हो । भोली शनिवार दिउँसो ३ बजेदेखि सुरु हुने सेसनमा सहभागि भई बौद्ध धर्मलाई अझ गहनरुपमा बुझ्न सकिने आयोजकको भनाई छ । जुम सेसनमा छोग्याल रिन्पोछले नेपाली भाषामा प्रवचन…
Read More