संसारमा सम्पुर्ण प्राणीहरु सुख चाहने र दु;ख नचाहने मात्र भएता पनि सुख साध्यको हेतु कुशल कर्म र दुःखको हेतु अकुशल कर्मद्वारा हुने कुरा अज्ञानवश नबुझेको कर्मफल र पुनर्जन्ममा विस्वास नभएको कारणले क्षणिक लाभको लागी राग, द्वेष र मोहवश प्राणी हिंसा गर्ने देखी लिएर बिभिन्न प्रकारका पाप कर्म गर्नाले जीवनमा चाहेको सुख र अनचाह दुःख सधै आई रहन्छ ।
त्यसैले यी बिभिन्न प्रकारका पाप कर्मबाट कसरी छुटकारा पाउन सकिन्छ त्यसको बिषयमा मार्ग निर्देसन गर्ने सही मार्ग दर्शक नै शाक्य मुनि बुद्ध भएकोले उहाँले देखाएका मार्गमा प्रबेश गर्नका लागी त्रिपिटकको अध्यान गर्दै त्रिशिक्षाको अभ्यास गर्नु अति नै महत्वपुर्ण देखिन्छ। बुद्ध बन्नको लागी सबै प्रकारको क्लेसहरुबाट मुक्त हुनु पर्दछ। सबै क्लेशहरु क्लेशावरण र ज्ञानवरणमा समेटिन्छ। यि दुई आवरणबाट मुक्त हुनको लागी पुण्य र ज्ञान सम्भारको संचय गर्नु पर्दछ। यी दुई सम्भार पुर्ण गर्नको लागी बिभिन्न प्रकारको उपायहरु मध्ये पुण्य सम्भार पुर्न गर्नको लागी गरिने कुशल कार्यहरु मध्ये प्राणीधान (मोन्लाम) पाठ गर्नु पर्दछ। अतः प्राणीधानको अत्यान्त ठुलो महत्व राखदै आएको छ।
धेरै दुर्लभ यो मानव शरिरको हामीले सहि सदुपायोग गर्न सकिएन भने फेरी यस प्रकारको मानव शरीर पाउन अत्यान्त कठिन भएको कुरा बौद्ध शास्त्रमा उल्लेख गरिएको छ। प्राचीनकालमा बौद्धनाथ (च्यारुङ खस्योर) को निर्माण कार्य सम्पन्न भए पछि प्राणीधान गरेको बलले आठऔ शताब्धी तिर तिब्बतमा राजा ठिस्रोङ दिउचेन, भारतमा आचार्य शान्तरक्षित र आचार्य पद्म सम्भवको जन्म भै तिनै जनाको सहकार्यमा तिब्बतमा बौद्ध धर्मको शासन स्थापना गरि लाखौ अशिक्षित मानिसहरुलाई शिक्षाको प्रकास दिएका थिए। जसले नेपालमा जन्मनु भएको शाक्य मुनी बुद्धको शासनलाई सुरक्षित राखी लोक हितको कार्य गर्न र समाजमा बिधामान बिसंगति तथा बिक्रितीहरुलाई हटाउदै हिंसरहित समाज निर्माण गर्न सजिलू सजिलो होस भन्ने हेतुले ङिङमा मोन्लाम शुरु भएको हो ।

