नेपाल बौद्ध महासंघद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री प्रदान

नेपाल बौद्ध महासंघले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सर्जिकल मास्क ४ हजार थान र पञ्जा २५ सय जोर स्वास्थ्य सामग्री सहायोग गरेको छ । सोमबार दिउसो महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा र महासंघका सल्लाहकार फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) ले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) हाल नेपालमा पनि तिब्ररुपमा फैलिरहेको र संक्रमित हुनेहरूको संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उच्च जोखिम मोलेर अग्रपंतिमा दैनिक खटिने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । महासंघका सल्लाहकार भिक्षु थुप्तेन जिग्डोलले अहिलेको यस्तो जोखिमपूर्ण अवस्थामा राज्यको कमजोरी पहिल्याउनु भन्दा आफुले सकेको सहयोग गर्नु सबैको दायित्व भएको बताए ।

अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले नेपाल बौद्ध महासंघलाई धन्यवाद दिदै सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्रीले अधिकृत तथा जवानहरूलाई भोलिका दिनमा काम गर्नको लागि थप मनोबल बढ्ने र रातदिन सडकमा खट्टिने अधिकृत एवम जवानहरूले संक्रमणबाट नागरिकहरूलाई बचाउनामा सहयोग पुग्ने बताए ।

Share

Related posts

Leave a Comment