राहुल गौतम बुद्धका एक मात्र छोरा थिए । राहुल पनि श्रामणेर भएका थिए । संघमा उनी सबै भन्दा सानो भएकाले सबैलाई उनलाई अत्यन्तै माथा गर्थे । राहुल आफै पनि निकै आज्ञाकाी थिए । एकदिन बुद्धले बोलाएर राहुललाई भने राहुल, मेरो गोडा धुन मलाई एक भाडा पानी ल्याई देउ त । राहुलले तुरुन्तै पानी ल्याएर बुद्धको गोडा धोइदिए । गोडा धोइसके पछि बुद्धले राहुललाई प्रश्न गरे राहुल, अब यो पानी पिउन हुन्छ त ?
राहुलले तुरुन्तै उत्तर दिए अह, यो त फोहोर पानी हो अब यो पिउनु हुदैन ।
त्यस पछि बुद्धले भने हो यो पानी फोहोर छ । त्यसैले यो पानी कसैले पिउने छैनन् । त्यसरी नै झुठो कुरा फोहोर हो र झुठो बोल्नेलाई कसैले पनि मन पराउने छैनन् ।

