ल्हासाको रेटिङ्ग गुम्बाको इतिहास यस्तो छ

रेटिङ्ग गुम्बा उत्तरी ल्हासाको लिन चौ जिल्लाको थाङकु गाउँमा पर्छ। यो तिब्बती बौद्ध धर्मको कादाम सम्प्रदायको पहिलो गुम्बा हो। तिब्बती भाषामा रेटिङ्गको अर्थ सबै दुःख उन्मूलन गरी पुनर्जन्मलाई तीनवटा तहबाट हस्तान्तरण गर्ने हो। सन् 1057 मा कादाम सम्प्रदायका संस्थापक ड्रोम्टोनले रेटिङ्ग गुम्बाको निर्माण गरेका थिए। त्यसपछि उनले प्राचीन भारतका भिक्षु अतीसाका रुढिबादी तान्त्रिक र परिस्कृत तान्त्रिकका सम्पूर्ण सिद्धनन्त सिकेका थिए अनि रेटिङ्ग गुम्बामा कादाम सम्प्रदायको स्थापना गरेका थिए। पन्ध्रौँ शताब्दी हुँदा चुङ्गखापाले कादाम सम्प्रदायको सिद्धान्त र आफ्नो बुझाइ लिएर गेलुग सम्प्रदायको स्थापना गरेका थिए त्यसपछि रेटिङ्ग गुम्बा पनि गेलुग सम्प्रदायको गुम्बाको रुपमा रहिआएको छ।

रेटिङ्ग गुम्बा हरियो वनले ढाकेको पहाडमा पर्छ। किम्बदन्तीका अनुसार, पहिला यो गुम्बामा केही पनि रुख वा घाँस पनि थिएन। तिब्बती राजा सुङ्गचेन गम्पो घुम्दै त्यहाँ पुग्दा कुनै घाँस वा रुख नभएर उराठ लाग्दो अनुभव गरेका थिए। त्यसैले तत्स्थानमा उनले कपडा धुन थाले। त्यसपछि कपडा धोएको पानी पहाडमा फालेर आशीर्वाद दिएका थिए। त्यसपछि पहाडमा जताततै हरियाली ढाकेको थियो।

ल्हासाका अरु गुम्बाभन्दा रेटिङ्ग गुम्बाको निर्माण शैली निकै सरल तथा अपरिष्कृत छ। मुख्य दरबारका दुई तला छन् भने पहिलो तला वर्गकार रहेको छ तर दोस्रो तला गोलो हो। पहिलो तला धर्मग्रन्थ हल हो त्यहाँ विभिन्न धार्मिक कार्यक्रमको आयोजना हुने गर्छ। धर्मग्रन्थ हलको भित्री पर्खाललाई “गाङयुर” र “तेङयुर” नाम गरेका धर्मग्रन्थहरुबाट बनाइएको हो भने बाहिरि पर्खाललाई ढुङ्गाबाट बनाइएको हो। दोस्रो तलमा धेरै साना कोठा छन् तीमध्ये दलाइ लामा र क्षेत्रीय शासक राजाले त्यहाँको भ्रमण गर्दा आराम गर्ने कोठा पनि छन्। साथै बुद्ध मूर्ति राखिएको सानो धर्मग्रन्थ कोठा, धार्मिक उपकरण राख्ने गोदाम आदि पनि छन्। मुख्य दरबारको पश्चिमतिर रेटिङ्ग जिवित बुद्धको सुत्ने कोठा र धर्मग्रन्थ राखिएको स्थान हो।

रेटिङ्ग गुम्बा दरबारमा गुम्बाका संस्थापक ड्रोम्टोनका गुरु च्योआच्याङबादोजीको मूर्ति राखिएको छ। सम्बन्धित धार्मिक किताबका अनुसार, यो मूर्तिलाई पूजा-आजा गरेमा जे कुरो पनि व्यवहारमा उतार्न सकिन्छ। यसबाहेक दरबारमा निकै दुर्लभ देखिने बाङ्गो टाउको च्योआच्याङबादोजिको मूर्ति पनि राखिएको छ। सामान्य तिब्बती बुद्ध धर्म गुम्बामा चुङ्गखापा मूर्ति निकै ठूलो र विशिष्ट छ तर यो गुम्बामा अझ विशिष्ट बुद्ध मूर्तिको तुलनामा यहाँको चुङ्गखापा मूर्ति निकै सानो देखिन्छ।

रेटिङ्ग गुम्बा ऐतिहासिक क्षेत्र धेरै छन्। पहिला ड्रोम्टोनले यो गुम्बा निर्माण गर्दा ड्रागन राजाले दृढ तथा मूल्यवान् स्तम्भ ल्याएर गुम्बाको प्रमुख स्तम्भको रुपमा बनाएका थिए। गुम्बापछाडि सिंह रुपको ढुङ्गा छ त्यहाँ महागुरु चुङ्गखापाले ढोका बन्द गरी अध्ययन गर्ने तथा किताब लेख्ने कोठा पनि छ। ती सबै ऐतिहासिक क्षेत्र धार्मिक विश्वासीको मनमा निकै महत्वपूर्ण छ।

रेटिङ्ग गुम्बाको पश्चिमतिर नामी फापाङदाङ पर्छ। तिब्बती भाषामा फापाङको अर्थ ठूलो ढुङ्गा हो र दाङको अर्थ घाँसे मैदान अथवा पठार हो। तिब्बती पात्रोअनुसार, हरेक सातौँ महिनाको पन्ध्रौँ दिन रेटिङ्ग गुम्बामा फापाङदाङखो महोत्सव मनाइन्छ। किम्बदन्ती अनुसार, हरेक वर्षको यो दिनमा लाखौँ परी आकाशबाट सर्वसाधारणबीच आएर सबैलाई दुःखबाट मुक्ति पाउँछन्। विकास हुँदहुँदै यो दिन एक परम्परागत महोत्सवको रुपमा भएको छ। सो दिन विभिन्न क्षेत्रका विश्वासीले टाढाबाट यहाँ आएर आस्थाका पबित्र सामग्री राखेर आशीर्वाद लिने गर्छन्। सबभन्दा पहिला सो महोत्सवका दिन धार्मिक कार्यक्रम मात्रै थियो। विकास हुँदाहुँदै पशुपालकले पनि विभिन्न मालसामान लिएर आदान-प्रदान गर्न थाले। विभिन्न मरोरञ्जन कार्यक्रमको पनि आयोजना हुन थाल्यो र हाल महोत्सव हुँदा सबैले पाल राखेर विभिन्न कार्यक्रम मनाउन थालेका छन्। सो दिन विहान घोडा प्रतियोगिताको आयोजना हुन्छ। सो अवसरमा सबै घोडाहरुमध्ये एक सेतो घोडा हुनैपर्छ र त्यो घोडा चढ्ने मान्छेले पनि सेतो लुगा लगाउनुपर्छ। प्रतियोगिताको अन्तमा सेतो घोडा पहिलो हुनुपर्छ जसबाट शुभको अर्थ लाग्ने गर्छ। पछि रेटिङ्ग गुम्बाका वरिष्ठ भिक्षुले च्याम्पियनलाई पुरस्कार र खादा अपर्ण गर्छन्।

मध्यान्ह साढे बाह्र बजे लाखौँ परी आकाशबाट सर्वसाधारणबीच आउने बेला हो। विभिन्न आस्थाका पबित्र सामग्री राखिएको ढुङ्गे फ्लेटफोर्मअगाडि लामाहरुले धर्मग्रन्थ पढेर सर्वसाधारणलाई आशीर्वाद दिन थाल्छन्। यसरी नै यी आस्थाका पबित्र सामग्री पनि शुभ बनेको सबैको विश्वास छ। धर्मग्रन्थ पढाइ सकिने वित्तिकै मानिसले खुशीका साथ आस्थाका पबित्र सामग्री लिएर परिवारलाई खुवाउँछन् र एकै छिनपछि मात्रै सबै आस्थाका पबित्र सामग्री पनि ल्याइसकेका छन्।

दिउँसोको कार्यक्रम महोत्सवको वातावरण पराकाष्ठा पुगेको छ अर्थात देवताको मुकुण्डो लगाएर नृत्य गर्छन्। तिब्बती परम्परागत जातीय संस्कृतिको रुपमा रहेको यो विशेष कलाले महोत्सवमा संलग्न सबैको ध्यान आकर्षित गर्छन् र सो कार्यक्रमपछि मात्रै यस महोत्सव सकिएको हुनसक्छ।

 

Share

Related posts

Leave a Comment