रजनिश ओशोले बुद्धको सम्बन्धमा नेपालीलाई किन यसो भने ?

भिक्षु कृष्णमान चार महान् विश्व प्रसिद्ध तीर्थस्थलहरू हुन्ः बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल बोधगया, धर्मचक्र प्रवर्धन स्थल सारनाथ, महापरिनिर्वाण स्थल कुशीनगर । यी चार पावन तीर्थस्थलमध्ये बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख एवं महत्वपूर्ण मानिन्छ । किनभने बुद्ध दर्शनको उद्गम स्थल नै लुम्बिनी उद्यान हो, जहाँ गौतमबुद्धको जन्म भयो वैशाख पूर्णिमाको दिन । बुद्धले आजकै दिन बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन देह त्याग गर्नुभएकाले बुद्ध जयन्तीलाई त्रियोग महोत्सवको नामले पनि पुकार्ने गरिन्छ । लुम्बिनी बुद्धको जन्मस्थल भएकाले नै बौद्ध इतिहासमा नेपालले अद्वितीय स्थान हुन पुगेको हो । बुद्धको जन्मस्थलमा तीर्थाटन हुन…

Read More

कोभिड १९ को प्रकोपमा सहयोगको हात फैलाउँदै पोल्याण्डकी बौद्ध अनुयायी माज्दा

कोभिड १९ को सक्रमणमा परेकाहरको सहयोग र उद्दारमा पोल्याण्डकी माज्दा निकै सक्रिय बनेकी छन् । गएको वर्षदेखि नै कोरोनाका कारण समस्यामा परेकाहरुलाई स्वास्थ्य, खाना, आइसोलेसन लगायतको सहयोग गरिरहेकी माज्दा यो पटक पनि उत्तिकै व्यस्त बनिन् । स्वयम्भूमा रहेको आनन्दकुटी आइसोलेसन सेन्टरको सल्लाहकार समेत रहेकी माज्दाले अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेकी छन् । यसबाहेक उनले गुम्बाहरुमा चिकित्सक सहितको टोली पठाएकी छन् । त्यस्तै अहिले १५ जना कोरोना संक्रमण भएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने काममा पनि उनको सहयोग रहेको छ । त्यस्तै स्वयम्भू आसपासका कुकुर र बाँदरहरुलाई गएको लकडाउन देखि नै निरन्तर…

Read More

उपेक्षामा बुद्धभूमि, ४३ वर्ष बित्दा पनि पुरा भएन लुम्बिनी विकास गुरुयोजना

विश्वमा नेपालको नाम र सुवास छरेको भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी कुन हदसम्म उपेक्षाको शिकार बनेको छ भन्ने प्रमाणको पुष्टि लुम्बिनी विकास गुरुयोजनाले गर्दै आएको छ । गुरुयोजना सुरु भएको ४३ बर्ष विते र १० अर्ब भन्दा बढी रकम पनि खर्च भइसक्यो । तर आयोजनाको काम कहिले पूर्ण हुने हो अझै अन्यौल छ । हरेक बर्ष बुद्ध जयन्तीको दिन गुरुयोजना अब पूरा गर्छौ भनेर सरकारका मन्त्रीहरुले भाषण फलाक्छन् । तर अवस्था जहिले जहिले पनि उस्तै छ । सन् १९७८ मा लुम्बिनी क्षेत्रको संरक्षण र योजनाबद्ध विकास गर्न भन्दै लुम्बिनी गुरुयोजना…

Read More

नेपाली भिक्षुको पहलमा थाई राजपरिवारले पठायो नेपाललाई स्वास्थ्य सामग्री

थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् । थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० थान पीपीई गाउन, १० हजार जोडि लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेसशिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन युनिट, ६ सय थान अक्सिमिटर, १५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बोडिब्याग, ३० थान अक्सिजन…

Read More

अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती

अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।२५६५ औ बुद्ध जयन्ती अर्थात् वैशाख डे ह्वाइट हाउसमा मनाइएको हो । अमेरिकी उपराष्ट्रपति कमला हेरिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयान बौद्ध भिक्षु र गुरुहरुले दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् । इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्से संयोजक गरेको समारोहमा थेरवादको तर्फबाट भिक्षु उपराटन महास्थवीर, महायानको तर्फबाट भिक्षु मारविन हराडा र वज्रयानको तर्फबाट टारथगं टुल्कु रिम्पोछेले बुद्ध पूजा र प्रार्थना गर्नु भएको थियो । अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै…

Read More

ओझेलमा परेका बुद्ध भूमिहरु

युवराज कँडेल ईसापूर्व ५६३ वैशाख शुक्लपूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । खासगरी चीन र पूर्वी एशियामा बुद्ध धर्मको प्रचार भएपछि बुद्ध जन्मस्थलको बारेमा खोजी भयो । यसैक्रममा घुम्दै आएका यात्री फाहियान बौद्ध तीर्थस्थलको भ्रमण गर्ने क्रममा सन् ४०३ मा लुम्बिनी आइपुगे र उनले कपिलवस्तु नगरदेखि पूर्वतर्फ लुम्बिनी उद्यान रहेको र त्यहीं बुद्धको जन्म भएको ठहर गरे । सन् ६३६ मा घुम्दै आएका चिनियाँ यात्री हुएन सांगले आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी र त्यहाँको संरचनाको बारेमा उल्लेख गरे । यिनै विद्वान्ले उल्लेख गरे अनुसार लुम्बिनीको खोजी गर्दै जाँदा सन्…

Read More

देशभर बुद्ध पूर्णिमा मनाइदै

आज देशभर २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै…

Read More

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् । शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५ औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ। म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण…

Read More

यसरी मनाइदैछ लुम्बिनीमा यो वर्षको बुद्धजयन्ती

यस वर्षको बुद्ध जयन्ती विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गर्दै मनाइने भएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा सरकारले नै विशेष कार्यक्रम गर्दै आएको थियो । तर अघिल्लो वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण गएको वर्ष पनि बुद्धजयन्तीमा विशेष कार्यक्रम भएन । यो पटक पनि बुद्ध जयन्ती सामान्य तरिकाले मनाइने भएको छ । कोरोना महामारी सुरु भएयता मुलुकको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनी गएको एक वर्षदेखि सुनसान छ । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको लुम्बिनी विकास कोषमा…

Read More