आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव २०७६ मंसिर ३ गते मंगलबारको दिन परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा…
Read Moreमहिना: नोभेम्बर 2019
धर्मता भार्दोको परिचय भाग २
जटिल भन्तेद्वारा बौद्धमा ध्यान शिविर जारी
प्राचीन अनुवाद एकमातृ गुरु संघको आयोजनामा ध्यान शिविर आयोजना भइरहेको छ । ध्यान शिविरमा जटिल भन्तेको मुखारविन्दबाट चार आर्य सत्य, प्रतित्यसमुत्पाद चक्र, विपश्यशना ध्यान साधना विधिको अभ्यास गराइरहेका छन् । जटिल भन्ते बर्मा सरकारबाट ज्योतिकद्वजद्वारा सम्मानित बौद्ध गुरु हुन् । काठमाडौँको बौद्धस्थित तामाङको दोस्रो तल्लामा भइरहेको ध्यान शिविर कात्तिक २४ गतेदेखि सुरु भएको हो । शिविर मंसिर ४ गते समापन हुँदैछ ।
Read Moreअझै शुरु भएन गुम्बा पुनःनिर्माणको काम
खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको काम कहिले शुरु हुन्छ भनेर पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्ष भयो । शुभशक्ति मङ्गल गुम्बाका व्यवस्थापन समिति सदस्य थोकरले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको बताउनुभयो । “बल्ल गुम्बा पुनःनिर्माणका लागि रकम प्राप्त भएको छ भन्ने कुरा आएको छ, हेरौँ कहिलेसम्ममा प्राप्त हुन्छ रु”, थोकरले भन्नुभयो । त्यसरी कहिले निर्माणको अख्तियारी र रकम प्राप्त हुन्छ भनेर ‘बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा चार÷पाँच पटक धाएपछि बल्ल काम हुने भन्ने कुरा भएको उहाँले सुनाउनुभयो ।…
Read Moreरामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न
मोहन पौडेल बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको हो । कात्तिक २१ गतेदेखि शुरु भएको अध्ययन कात्तिक २७ गते सम्पन्न भएको पुरातत्व विभागका पुरातत्वविद् विष्णु पाठकले जानकारी दिनुभयो । टोलीले स्तूप क्षेत्रमा जमिनको सतहमुनि रहेका…
Read Moreलुम्बिनीमा सुरु भयो ३ दिने त्रिपिटक वाचन
बुद्ध जन्मस्थल लुम्बिनीको आध्यात्मिक एवम् पर्यटकीय विकासमा सहयोग पुर्याउने उद्देश्यले लुम्बिनीमा दोस्रो अन्तराष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । त्रिपिटक वाचनका लागि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत २० बढी देशका १ हजार जना भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिका भेला भएका छन् । त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । त्रिपिटक च्यान्टिङ (वाचन) समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक कार्यक्रम सुरु भएको हो । यस पटक लुम्बिनीमा ३ वटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा…
Read Moreश्याफ्रुबेसीमा गुरु रिम्पोछेको मुर्ति शिलान्यास
रसुवाको श्याफ्रुवेसीमा गुरु रिन्पोछेको मूर्ति निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । श्याफ्रुवेसीस्थ्ति बुद्ध मन्दिरमा परमपुज्यनीय गुरु सेराफ तेन्दर रिम्पोछेले पाठ पूजा गरी मूर्तिको शिलान्यास गरिएको हो । मूर्ति शिलान्यास कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङ प्रमुख अतिथि रहेका थिए । करिब १ करोड ६० लाख रुपैयाँको बजेटमा १० फिट अग्लो तामाबाट गुरु रिन्पोछेको मूर्ति निर्माण गरिन लागिएको श्याफ्रुवेसी पर्यटन प्रवद्र्धन तथा बुद्ध मूर्ति निर्माण समितिका अध्यक्ष दावा पेम्बा तामाङले बताए । मूर्ति १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जिल्लामा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण…
Read Moreतेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र फिल्म बनाइने
चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए। उनले भने, “हामी दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई सुन्दर चित्र बनाउनेछौँ ।” राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र…
Read Moreरेकी ध्यान भाग १
सकिमिलापुन्ही पूजा
प्रत्येक बर्ष चन्द्रमास अनुसार कछला थ्व पुर्णिमा ( कार्त्तिक शुक्ल पूर्णिमा)का दिन नेवा: बौद्ध समुदायले आउंने जाडो संग ठेग्न र आर्थिक बर्षको प्रारम्भमा नयाँ बालिहरु भित्राउन थालेपछी यसरी भित्राएका कृषि बालिहरु मध्येका केही कृषि उपजहरुलाई प्रयोग गरि मनाउने चख: रहेको छ । सकि+मिला+पुन्ही अर्थात सकि(पिँडालु)+हि (सखरखण्ड) खान पूर्ण चन्द्रमा भएको कछलाथ्वको पूर्णिमा / कार्त्तिकको पूर्णिमा #कतिपुन्ही र #सकिमिलापुन्हिको स्वरुपमा ख्याती पाएको चख: रहेको छ । चख: भन्नाले भोज खानु नपर्ने चाड भन्ने बुझाउंदछ । यस चख:मा गेडगुडी (मकै, सानो केराउ, ठूलो केराउ, गहुं, बडाम, कालो भट्मास) लाई भुटेर त्यसै गेडगुडिबाट…
Read More