
प्रत्येक बर्ष चन्द्रमास अनुसार कछला थ्व पुर्णिमा ( कार्त्तिक शुक्ल पूर्णिमा)का दिन नेवा: बौद्ध समुदायले आउंने जाडो संग ठेग्न र आर्थिक बर्षको प्रारम्भमा नयाँ बालिहरु भित्राउन थालेपछी यसरी भित्राएका कृषि बालिहरु मध्येका केही कृषि उपजहरुलाई प्रयोग गरि मनाउने चख: रहेको छ ।
सकि+मिला+पुन्ही अर्थात सकि(पिँडालु)+हि (सखरखण्ड) खान पूर्ण चन्द्रमा भएको कछलाथ्वको पूर्णिमा / कार्त्तिकको पूर्णिमा #कतिपुन्ही र #सकिमिलापुन्हिको स्वरुपमा ख्याती पाएको चख: रहेको छ । चख: भन्नाले भोज खानु नपर्ने चाड भन्ने बुझाउंदछ ।
यस चख:मा गेडगुडी (मकै, सानो केराउ, ठूलो केराउ, गहुं, बडाम, कालो भट्मास) लाई भुटेर त्यसै गेडगुडिबाट कलात्मक पूर्ण कलश, चिभा – चैत्य, स्वस्तिक, चन्द्रसूर्यको सृजनागरी सखरखण्ड, पिँडालु, मुला, सुन्तला, लालिगुराँस र सयपत्री फूल चढाएर गुरुमण्डलार्चण पूजागरिन्छ ।
प्राचीन समयमा बौद्ध महाविहार (बहा:-बहि) तथा बौद्ध स्थलहरुमा मनाईने सकिमिला पुन्ही चाड आजको समयमा बौद्ध समुदायले आ-आफ्नो महाबिहार, बिहार (बहा:, बहि) र घर आगनमा समेत मनाउने गरेको पाईन्छ ।
सकिमिलापुन्हिको पुजागर्न गेडागुडी (मकै, भट्मास, बकुला, चना, बडाम, गहुँ, केराउ आदि) र मुला, सखरखण्ड, पिंडालुबाट सृजना गरेको कलात्मक कलश वा चैत्यलाई पूजा सम्पन्न गरेपछी बच्चाहरुबाट घारघुर गर्न लगाई प्रसादको रुपमा ती गेडागुडी, फलफुल, सखरखण्ड, पिँडालु बांडेर खाएपछी आउने जाडो – हिउंडका समयमा निरोगी भै रहन / ठेग्न सक्नेगरी स्वस्थ रहन सक्ने बिश्वास गरीन्छ ।

