नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा निर्माणमा नाटक ‘गच्छामि’ को मञ्चन भइरहेको छ । प्राज्ञ तथा नाटक विभाग प्रमुख निशा शर्माको संयोजन, वरिष्ठ नाटक निर्देशक पोखरेलको परिकल्पना तथा निर्देशन तथा वरिष्ठ रङ्गकर्मी बिरेन्द्र हमालको सहनिर्देशनमा नाटक तयार भएको नाटक काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको हो । बुद्धको जीवनी र दर्शनलाई आधारित रहेर नाटक तयार पारिएको हो ।
पुस १२ गतेदेखि सुरु भएको नाटक पुस २३ गतेसम्म जारी रहनेछ । नाटकमार्फत बुद्ध जीवनी र दर्शन दर्शकमाझ ल्याउन नाटकको रुपमा मञ्चन गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
हेर्न जाने होइन बुद्ध दर्शनमा आधारित नाटक गच्छामि ?
