झापामा एक महिने पुर्वागत (ङोन्डो) अभ्यास सम्पन्न

झापा जिल्ला बुद्ध शान्ति नगर गाँउपालिका टिमाईस्थित पल्युल देक्षेन छ्योलिङ गुम्बामा पेनोर रिन्पोछे बौद्ध धर्मालम्बी समाज नेपालको आयोजनमा बिश्व प्रशिद्ध परम पुज्यनिय गुरुवर महामहोपाध्यय खेनक्षेन नम्डोल छिरिङ रिन्पोछे ज्युको मुखारबिन्दुबाट बरिष्ठ गुरुहरु भिक्षु ,भिक्षुणी, उपासक तथा उपासिका गरि ३०० जनाले मंसिर १४ गतेदेखि पौष १४ गते अबिछिन्न रुपमा प्रत्येक दिन बिहान ठिक ७ः०० बजे देखि बेलूकी ६ः०० बजेसम्म अटुट एक महिने महासन्धि गगन धर्म पुर्वागत (ङोन्डो) अभ्यास अत्यन्तै सफलतका साथ सम्पन्न भएको छ ।

परम पुज्य गुरुवर खेनक्षेन रिन्पोछे ज्युको सामिप्यमा एक महिनासम्म अटुट रुपमा परम पुज्यनीय खेन्क्षेन रिन्पोछेको धाराप्रवाह अमृतवाणी निर्देशिका उपदेशलाई खेन्पो शीर लामा गुरुंगले नेपाली भाषामा अनुवाद गर्नु भएको थियो ।

Share

Related posts

Leave a Comment