श्याफ्रुबेसीमा गुरु रिम्पोछेको मुर्ति शिलान्यास

रसुवाको श्याफ्रुवेसीमा गुरु रिन्पोछेको मूर्ति निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । श्याफ्रुवेसीस्थ्ति बुद्ध मन्दिरमा परमपुज्यनीय गुरु सेराफ तेन्दर रिम्पोछेले पाठ पूजा गरी मूर्तिको शिलान्यास गरिएको हो । मूर्ति शिलान्यास कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङ प्रमुख अतिथि रहेका थिए ।

करिब १ करोड ६० लाख रुपैयाँको बजेटमा १० फिट अग्लो तामाबाट गुरु रिन्पोछेको मूर्ति निर्माण गरिन लागिएको श्याफ्रुवेसी पर्यटन प्रवद्र्धन तथा बुद्ध मूर्ति निर्माण समितिका अध्यक्ष दावा पेम्बा तामाङले बताए । मूर्ति १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

जिल्लामा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिन लागिएको गुरु रिन्पोछेको मूर्ति निर्माणका लागि सबैले सहयोग गर्नु पर्ने वडा नंवर ५ का वडाध्यक्ष सिंगी देण्डुक तामाङले आग्रह गरे । गुरु रिम्पोछेको मूर्ति निर्माण भइसके पछि श्याफ्रुवेसीको पर्यटनमा टेवा पुग्ने गोसाइँकुण्ड गाउँपालिकाका उपप्रमुख कारग्याल्मो श्रेष्ठले बताए ।

Share

Related posts

Leave a Comment