बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम गरि मनाइने भएको छ । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा मंसीर २८ गते देखि पुष १ गते तीन दिन सम्मका लागि विभिन्न कार्यक्रमहरु गरिने तया भएको छ । मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष…
Read MoreMonth: December 2018
गुम्बा विकास समितिलाई विभाग बनाइने
संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन् । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आइतबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले उक्त जानकारी दिएका हुन् । उनले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताए । बौद्ध धर्मालम्बीले साधना मात्र गरेर नहुनेमा उनले जोड दिए । मन्त्री अधिकारीले साधनासँगै काम पनि गर्नु पर्ने भने । समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँंल्याए । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार…
Read Moreसुपरमंक हेर्न लामा भिक्षुको भीड
काठमाडौँमा जारी १६ औँ काठमाडौँ अन्तराष्टिय माउन्टेन फिल्म फेस्टिभलको दोस्रो दिन शनिबार दुई बालक भिक्षुमा आधारित फिल्म सुपरमंक प्रदर्शन गरियो । सरकार माओवादी द्धन्दताकाको परिवेशमा निर्माण भएको सुपरमंकलाई फेस्टिभलमा दर्शकले निकै रुचाए । १० वर्षे माओवादी द्वन्दताका बालबालिकामाथि हुने राज्य र विद्रोही पक्षको दमन र व्यवहारलाई मुख्य विषय बनाइएको छ । त्यस्तै फिल्ममा बालमनोविज्ञान, करुणा र गुम्बा भित्रको शिक्षा पद्धतीलाई पनि फिल्ममा प्रस्तुत गरिएको छ । खेन्पो सेनलाङ ग्याम्जोको कथा र निर्देशनमा निर्माण भएको फिल्म सोलुखुम्बुको पुरानो वस्ती जुनबेसी गुम्बा र सेलो गुम्बा वरिपरि छायांकन गरिएको हो । १८ मिनेटको…
Read Moreआइतबारदेखि राष्ट्रिय बौद्ध सम्मेलन
काठमाडौं – बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आगामी आइतबार मंसिर २३ गते ‘राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गर्दैछ । ‘शान्त, समृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा मुलुकभरका बौद्धमार्गी सहभागी हुने समितिले जानकारी दिएको छ। सम्मेलनबाट बौद्ध दर्शन र सम्पदा संरक्षणमा रहेका समस्या तथा अवसर पहिचान गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन लागि ठोस योजना निर्माणमा सहयोग पुर्याउने लक्ष्य आयोजकले लिएको छ। सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बौद्ध सम्मेलन आयोजनाका लागिसमेत यो सम्मेलनले आधार तयार…
Read Moreनेपाल बौद्ध संघले निर्माण गर्ने १०९ मध्ये ३ गुम्बा निर्माण सम्पन्न
७२ सालको भूकम्पका कारण क्षति पुगेका १०९ भूकम्प प्रभावित जिल्लाका १०९ गुम्बा निर्माण गर्ने योजना थालनी गरेको नेपाल बौद्ध संघले अहिलेसम्म ३ वटा गुम्बाको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण सम्पन्न भएका ३ मध्ये २ गुम्बाको उद्घाटन केही समय अघि गरिएको थियो । हालै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७, फाल्डुकमा कग्यु दर्शलिङ गुम्बाको निर्माण कार्य सम्पन्न गरी श्रद्धेय १३ औँ अवतारी छोग्याल रिम्पोछेको उपस्थितिमा उद्घाटन गरियो । गुम्बा निर्माणका लागि स्थानीय सञ्चमान तामाङ, ठिमसाङ शेर्पा, कामी देउ र श्रीमती पत्ती तामाङल लगायतले १ रोपनी ७ आना जग्गा उपलव्ध गराएका थिए ।…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा चौथो विश्व शान्ति पूजा सम्पन्न
नेपाल बौद्ध संघको आयोजनामा काठमाडौँको बौद्धनाथ परिसरमा विश्व शान्ति पूजा सम्पन्न भएको छ । चौथो विश्व शान्ति पूजा बौद्ध धर्मगुरु १३ औँ अवतारी छोग्याल रिम्पोछेको उपस्थितिमा सम्पन्न भएको हो । पूजामा १३ जिल्लाका ४ सय भन्दा धेरै लामागुरु, भिक्षु, भिक्षुणीहरुले विश्व शान्तिको पाठ गरेका थिए । विश्वशान्ति पूजा जीवहरुको कल्याणका लागि आयोजना गरिदै आएको कार्यक्रम संयोजक काइला लामाले बताए । पूजामा उल्लेख्य संख्यामा बौद्ध धर्मावलम्बी उपस्थिति भएका थिए । २०७३ साल माघमा स्थापना भएको नेपाल बौद्ध संघले स्थापनाको २१ औँ महिनामा भक्तपुरको चाँगुनारायणमा २०७४ साल जेठ ३१ गते पहिलो विश्व…
Read More